सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कार्यालय उद्घाटन
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय पोखराको अमरसिंह चोकमा शुभारम्भ गरिएकोछ । प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले संयुक्तरूपमा कार्यालयको उद्घाटन गरेका हुन्।
दाहालले व्यापार र दाबी भुक्तानी राम्रो गरेर साख जोगाइदिएकोमा धन्यवाद दिएका थिए। त्यस्तै चंकी क्षेत्रीले सम्पूर्ण कमाचारीलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बीमालेख बुझाएर बेच्ने आग्रह गरे।