बागमतीमा योजना आयोगको उपाध्यक्षमा नेपाल र प्रदेश खेलकुद सदस्य सचिवमा लामा नियुक्त

बागमतीमा योजना आयोगको उपाध्यक्षमा नेपाल र प्रदेश खेलकुद सदस्य सचिवमा लामा नियुक्त
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सरकारले रिक्त रहेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको बैठकले सिन्धुपाल्चोक जिल्लाका गंगादत्त नेपाललाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो। 

बैठकले आयोगका सदस्यमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई नियुक्ति दिइएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले बताए।

त्यस्तै प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गरिएको छ। समाजिक विकास मन्त्रालयको प्रस्तावमा खेलकुद मन्त्रालयको स्वीकृतिमा उनी नियुक्त भएको मन्त्री लामिछानेले बताए। 

बैठकले श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ। त्यस्तै मन्त्रिपरिषद्को वैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.