फोकसवान पेमेन्ट सोल्युसन्सद्वारा मोको यूनिफाइड क्यूआर कोडमा मास्टरकार्ड समावेशको घोषणा

फोकसवान पेमेन्ट सोल्युसन्सद्वारा मोको यूनिफाइड क्यूआर कोडमा मास्टरकार्ड समावेशको घोषणा
सुन्नुहोस्

काठमाडौं : फोकसवान पेमेन्ट सोल्युसन्सले ग्लोबल फिनटेक फेस्टमा आफ्नो प्रमुख प्राविधिक उत्पादन मोको यूनिफाइड क्यूआर कोडमा मास्टरकार्डको समावेशीकरण सार्वजनिक गरेको छ। यस कार्यक्रममा फोकसवान कम्पनीले मास्टरकार्डसँग सहकार्य गरी मोको यूनिफाइड क्यूआर कोडमा मास्टरकार्ड माध्यमद्वारा भुक्तानी गर्न मिल्ने घोषणा गरेको छ, जसले डिजिटल पेमेन्टलाई अझ अघि बढाउनमा महत्वपूर्ण कदमको रूपमा कार्यान्वयन गर्छ।

मोको यूनिफाइड क्यूआर कोड नेपालकै पहिलो विदेशी मुद्राको पनि भुक्तानी सेवा प्रधान गर्ने क्यूआर हो, जसमा Alipay+, NEPALPAY, SmartQR, UnionPay International, VISA  र अहिले मास्टरकार्ड सहित ६ वटा प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय पेमेन्ट माध्यमहरू समावेश गरिएका छन्। यो विकासले मोकोलाई नेपालको वित्तीय प्रविधि उद्योगमा व्यापारी र प्रयोगकर्ताहरूका लागि भुक्तानीमा सहज बनाउँछ। 

तीन दिन लामो कार्यक्रम बीच, मास्टरकार्डले नेपाल पर्यटन बोर्डसँग एमओयू पनि हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार, मास्टरकार्ड र नेपाल पर्यटन बोर्डले मिलेर नेपाल भ्रमण गर्ने मास्टरकार्डका विश्वव्यापी कार्डहोल्डरहरूका लागि विशेष अनुभवहरू र अफरहरू तयार गर्नेछन्। यो सम्झौताले नेपाल पर्यटनलाई प्रबर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। 

यस कार्यक्रममा फोकसवानका प्रमुख अधिकृत र सहसंस्थापक प्रणय राजभण्डारीले मोको यूनिफाइड क्यूआर कोडको नयाँ परिवर्तनले ल्याएको प्रभावबारे भने, 'हाम्रो नयाँ प्राबिधिक उत्पादन मार्फत, हामी नेपालका स्थानीय व्यापारीहरूलाई विश्वव्यापी ग्राहकहरूसँग जोड्न चाहन्छौं।'
 
नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत नन्दनी लहे थापाले यस सहकार्यप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, 'मास्टरकार्डसँगको साझेदारीले नेपालको समृद्ध इतिहास, सांस्कृतिक विविधता, र पर्यटन अवसरहरूलाई विश्वव्यापी मास्टरकार्ड दर्शकहरूमाझ प्रबर्द्धन गर्नेछ।'
 
मोकोलाई पहिलो पटक २९ फागुन २०७६ मा निस्काशन गरिएको थियो र त्यसपछि यसको प्राविधिक सञ्जालहरू निरन्तररूपमा विस्तार हुँदै आएका छन्। यो पछिल्लो विकासले डिजिटल पेमेन्टको क्षमतामा महत्वपूर्ण वृद्धि ल्याएको छ। मोकोका व्यापारिहरूका लागि यो विकास महत्वपूर्ण हुनेछ। उनीहरूले अब घरेलु र अन्तर्राष्ट्रिय ग्राहकहरूबाट सिधै मास्टरकार्ड मार्फत भुक्तानी लिन सक्नेछन्, जसले व्यापारलाई सजिलो र सरल बनाउँछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.