कालोपत्रे सडक सञ्जालले जोडियो जोमसोम-कागबेनी  सडक

कालोपत्रे सडक सञ्जालले जोडियो जोमसोम-कागबेनी  सडक
सुन्नुहोस्

जोमसोम : पछिल्लो समय हिमालपारिको सडक समृद्ध बन्दै छ । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक अन्तर्गत जोमसोम-कागबेनी कालोपत्रे सडक अन्तिम चरणमा पुगेको छ । २०७८ साल असोज ४ गते रौटाहा आत्रेय सारस जेबीसँग २८ करोड १४ लाख लागतमा ठेक्का सम्झौता भएको (जोमसोम-कागबेनी) कालोपत्रे सडक निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले उल्लेख गरेको छ ।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरलानाका र हिन्दु तथा बौद्धमार्गीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ पहुँचमार्ग जोड्ने जोमसोम-कालोपत्रे सडक निर्माणका लागि हस्तान्तरण भइसकेको ग्राभेल सडकमा कालापत्रे तथा सडक स्तरोनति गर्न  ३ वर्षअघि संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यो नै जोमसोमदेखि माथि उत्तर भेकमा आयोजनाको पहिलो कालोपत्रे सडक निर्माण हो ।

कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार निर्माणाधीन जोमसोम-कागबेनी कालोपत्र सडकको काम अन्तिम चरण पुगेको बताए । जोमसोम-कागबेनी कालोपत्रे सडकको सम्झौता म्याद २ वर्ष तोकिएकोमा त्यसपछि आयोजनाले थप १ वर्ष म्याद थपेको थियो । जोमसोम-कागबेनी १३ किमी कालोपत्रे सडक तथा स्तरोन्नतिको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत पूरा भइसकेको सूचना अधिकारी इन्जिनियर चापागाईंको भनाइ छ । चापागाईंका अनुसार कालोपत्रे सडकको काम करिव-करिव पूरा भइसकेको र अहिले सडकमा सडक मार्किङका लागि रंगरोगन, सडक रेलिङ र साइनबोर्ड टास्ने काम भइरहेको बताए । जोमसोम-कागबेनी कालोपत्रे सडकको काम भदौ पहिलो पटक थपिएको समयअवधिभन्दा अगावै सम्पन्न हुने जनाए । यता निर्माण कम्पनीले एक साता भित्रै १३ किमी कालोपत्रे सडक निर्माणको काम सम्पन्न हुने बताएको छ । निर्माण कम्पनीले कागखोला आसपास सडक ग्रोभल भइसकेको र १ किमी दुरीमा कालोपत्रे गर्न बाँकी रहेको जनाएको छ ।

यसअघि ठेक्का सम्झौता भएको सुरुवाती चरणबाटै आन्तरिक समस्याका कारण ढिलासुस्ती गर्दै आइरहेको जोइन निर्माण कम्पनी आत्रेयले काम गर्न नसकेपछि जोमसोम-कागबेनी सडक अलपत्र परेको थियो । निर्माण कम्पनीलाई पटकपटक काममा फर्किन आयोजनाले ताकेता गरेपछि  मुख्य जोइनको निर्माण कम्पनी रौटाहा साँढे २ वर्षपछि कालोपत्रे सडक निर्माणको काममा फर्किएको थियो । रोटाहाले अलपत्र परेको निर्माणधीन जोमसोम-कागबेनी सडकलाई तीव्रता दिएसँगै स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाहरू निकै खुसी भएका छन् । लोमान्था गाउँपालिका-५ लोमान्थाङका वडासदस्य छेवाङ रिन्जि आयोजना अन्तर्गत १३ किमी कालोपत्रे सडकमध्ये १२ किमी मुख्य राजमार्ग सडकमा र १ किमी मुख्य राजमार्ग सडकदेखि कागबेनी श्राद्धस्थलसम्म कालोपत्रे सडक विस्तार भइसकेको जनाइईएको छ । मुस्ताङको कागबेनी र ताङ्बे गाउँबीच मध्यभागसम्म कालोपत्रे सडक निर्माण भएको हो । 

जोमसोम-कागबेनी कालोपत्रेका लागि यसअघिको ग्राभेल सडकलाई चौडा गर्ने, कटिङ गर्ने, ग्रेड मिलाउने, मेसिनरी वाल निर्माण र वाल तथा सडकको आवश्यक स्थानमा ड्रेन निर्माण लगायतका कामहरू गर्ने जिम्मेवारी तोकिएको थियो । यसअघि सुरु गरेको आत्रेयले नसकेको काम रौटाहाले ६ महिनामै कालोपत्रे सडक सक्ने गरी फिल्डमा जनशक्ति तथा उपकरण परिचालन गरेको थियो ।
 
राष्ट्रिय गौरवको सडक अन्तर्गत २०७४ सालमा जोमसोम-कोरला ११० किमी सडकको  ७ खण्डमा ग्राभेल सडक स्तरोन्नति सुरु गरिएको थियो । ग्राभेल सडक अन्तर्गत चराङ-छोसेर ठेकेदारको ढिलासुस्तीले गर्दा अन्तिम चरणमा पुगेर रोकिएको छ भने बाँकी ६ खण्ड ४ वर्ष अगावै आयोजनालाई हस्तान्तरण भइसकेको थियो । हस्तान्तरण भइसकेको पहिलो खण्ड जोमसोम-कागबेनी सडकमा ३ वर्षअघि सडक विभागले  पहिलो पटक कालोपत्रे ठेक्का आह्वान गरेको थियो ।

आयोजनाले राष्ट्रिय गौरवको सडक अन्तर्गत बेनी-जोमसोम र जोमसोम-कोरला सडकमा गरी करिव ८० किलोमिटर दुरीमा सडक कालोपत्रे सम्पन्न भइसकेको जनाएको छ। जोमसोम-कागबेनी सडक कालोपत्रे भएसँगै मुक्तिनाथ धामसम्म कालोपत्रे सडक सञ्जालले जोडिएको छ । आयोजनाले बेनी-जोमसोम सडकको तेस्रो र चौथो खण्डको करिव ८० प्रतिशत कालोपत्रे सम्पन्न गरेको छ । म्याग्दी खण्डमा पनि आशिंक कालोपत्रे सडकको काम भएका छन्।

राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक बर्सेनि सहज बन्दै जान थालेपछि मुस्ताङ भ्रमण गर्ने पर्यटक, स्थानीय नागरिक, कर्मचारी र व्यापारिक कारोबार गर्ने व्यक्तिहरूलाई निकै सहज हुन पुगेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.