नागरिक उड्डयन कार्यालयको अपिल

यात्रुको बिदाईमा खादा, माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आग्रह

यात्रुको बिदाईमा खादा, माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आग्रह

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाईको क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला/खादा विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको उल्लेख छ।र यात्रुले सँगै लानुपर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरि राखेर मात्र लग्न पाइने सूचनामा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ,‘हवाई यात्रु महानुभावहरुले यस त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाधी ल्याइने खादा आदि सुरक्षा जाचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अडकीइ उपकरणहरुलाइ गम्भीर क्षति पुर्‍याइ रहेको साथै यात्रुहरुले खादा/ मालाहरु बिविमानस्थलका बिभिन्न क्षेत्रहरुमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको हुदा विमानस्थल टर्मिनल भवन प्रवेशका दौरान सुरक्षा जाँचका समयावधि भर यस्ता माला,खादा आदि वस्तुहरु प्रयोग नगरीदिन हुन र यात्रु महानुभावले सँगै लानु पर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरि राखेर मात्र लगिदिन हुन यात्रु तथा सम्पूर्ण महानुभावहरुमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय हार्दिक अपिल गर्दछ ।’

केहिदिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश उड्न लागेका एक यात्रुमाथि प्रहरीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। विमानस्थलको सुरक्षामा खटिएका प्रहरीले यात्रुले लगाएको खादा थुत्न खोजेको भिडियो सार्वजनिक भएपछि आलोचना भएको थियो।null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.