वीरगन्जमा चार करोड मूल्यको मदिरा र कम्प्युटर पार्टससहित दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्जमा चार करोड मूल्यको मदिरा र कम्प्युटर पार्टससहित दुईवटा ट्रक प्रहरी नियन्त्रणमा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट प्रहरीले बिलबिजकमा उल्लेख भन्दा बढी मूल्य र परिमाणका करिब ४ करोड रुपैयाँ मूल्यको विदेशी मदिरा र कम्प्युटरका पार्टससहित दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित सडकबाट लु.१ ख. ७५३२ र ना.३ ख. ५४९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । 

वीरगन्जबाट काठमाडौं जाँदै गरेका ती दुवै ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा दुवै ट्रकमा बिलबिजक भन्दा बढी मूल्य र परिमाणका विदेशी मदिरा र कम्प्युटरका पार्टस फेला परेपछि सामानसहित दुवै ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।उक्त ट्रकबाट ३ करोड ९३ लाख ८८ हजार ६३१ रुपैयाँ मूल्यका सामान बरामद गरिएको उनले बताए । 

सामानसहितका दुवै ट्रक अनुसन्धान तथा कारबाहीका लागि बुधबार बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.