गगने खोलामा फेरि पहिरो, कर्णाली राजमार्गमा सयौं यात्रु अलपत्र

गगने खोलामा फेरि पहिरो, कर्णाली राजमार्गमा सयौं यात्रु अलपत्र
तस्बिर : अन्नपूर्ण

कालीकोट : कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला सडक फेरि अवरुद्ध भएको छ । बुधबार बेलुकीको अविरल वर्षापछि पहिरो जाँदा कर्णाली राजमार्ग अर्न्तगत पर्ने कालीकोटको गगनेखोलादेखि हुल्मसम्म करिब १२ किमी सडक अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक अर्जुन केसीले बताए ।

उनले भने,' पहिरोले शुभकालिका-१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्मलगायतका ठाउँमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि गाडी र यात्रु बाटोमा अलपत्र छन् । सधैँ पहिरो गइरहने गगने खोलामा यतिबेला झन् ठूलो पहिरो गएको  छ ।'

null

स्थानीय नर्जंग मल्लले  गगने खोलामा बुधबार बेलुकी नै पहिरो गएर गाडी रोकिएको बताए । उनले भने,' वर्षाले जितेको छहरामा पानी बढेपछि प्रहरी पनि पहिरो गएको ठाउँसम्म पुग्न सकेको छैन ।'

ट्राफिक प्रहरी कार्यालय कालीकोटका इन्चार्ज टोपबहादुर महताराले गगने खोलामा पहिरो गएपछि ठाउँ-ठाउँमा गाडी अलपत्र परेको  बताए। उनले वर्षा नरोकिँदासम्म मेसिन पनि जानसक्ने अवस्था नरहेकाले काम गर्न कठिन भएको छ ।

पहिरोले सडक अवरुद्ध भएकाले कर्णाली राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न उनले अनुरोध गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.