अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिने कि नदिने सैद्धान्तिक रुपमा स्पष्ट हुनुपर्छ : गृहमन्त्री

अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिने कि नदिने सैद्धान्तिक रुपमा स्पष्ट हुनुपर्छ : गृहमन्त्री
तस्बिर : गृहमन्त्री सचिवालय

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारेमा छलफल गर्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको प्रवेशको बारेमा समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताएका हुन्।

 
‘नीजि क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने ? भन्ने कुरामा स्पष्ट हुनुपर्छ।’ लेखकले भने,‘पहिले त प्रिन्सिपल सेट हुनु पर्‍यो, प्रिन्सिपल सेट भए सोही अनुसार भाषा लेख्ने हो। भाषा कस्तो लेख्ने भन्ने कुरा कठिनाई होइन।’

उनले छलफलका क्रममा निजी क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमति देखिएको बताए। ‘अझै एउटा कुरा टुंगिन बाँकी रहेको जस्तो के देखियो भने, सरकारी पैसा निजीमा गएको छ भने फेरि हेर्नुपर्छ है भन्ने पनि विषय छ।’ उनले भने,‘सरकारी पैसामा निजीमा गएकोमा कस्तो गएको ? ऋण गएको की अनुदान गएको अथवा जाने प्रक्रियालाई समात्ने हो की ? जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो की। उसको आफ्नो पनि हेर्ने हो की ? यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस्।’

उनले निजीमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रुपले स्पष्ट हुनुपर्नेमा जोड दिए। निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा संसदहरूले छलफल सुरु गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.