पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शन र नेपाली दर्शनका विषयमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शन र नेपाली दर्शनका विषयमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन्।

null

प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे। ‘नेपालको आफ्नै पौराणिकता छ। यसको आफ्नै गौरव छ। विश्वका कतिपय मुलुकहरु अस्तित्वमै नआएका बेला हाम्रो पुर्खाहरु ज्ञान–विज्ञानको शास्त्रार्थ गर्दै थिए। हाम्रा असङ्गठित विश्वविद्यालयका रुपमा शिवलाई मानिन्छ। त्यस अर्थमा यस भूभागले विश्वलाई प्रेरणा दिएको छ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.