सामसङले काठमाडौंमा आयोजना गर्यो माइक्रोवेभ मास्टरक्लास
काठमाडौं : २०८१ मा सामसङले काठमाडौंको सिल्भर ओक ब्यान्क्व्येतमा माइक्रोवेभ मास्टरक्लासको आयोजना गरेको थियो। जहाँ सहभागीहरूले देशको एक उत्कृष्ट प्रोफेस्नल शेफको निर्देशनमा स्वादिष्ट माइक्रोवेभ गरेका रेसिपीहरू बनाउन सिकेका थिए।
मास्टरक्लासको मुख्य लक्ष्य सबैले तयार गर्न र खान रुचाउने केही स्वादिष्ट परिकारहरू बनाउन सिकाउनको साथ साथै सामसङको पछिल्लो माइक्रोवेभ ओभनलाई प्रवर्द्धन गरी तिनीहरूको उपयोगिता प्रदर्शन गरेर खाना पकाउने सुविधाजनक विकल्पको रूपमा दर्शकहरूलाई परिचय गराउनु थियो।
यो मास्टर ट्रेनर निमेश उलकद्वारा प्रदर्शन गरिएको थियो जसले सहभागीहरूलाई केही स्वादिष्ट रेसिपीहरू तयार गर्न सिकाइ यी माइक्रोवेभहरू प्रभावकारी रूपमा प्रयोग गर्न मद्दत गर्नुको साथै माइक्रोवेभ ओभन प्रयोग गर्दा लागू गर्न सक्ने विशेष सुझावहरू पनि दिएका थिए। कार्यक्रममा सामसङको एआई इकोबबल वासिङ मेसिन प्रविधिको प्रदर्शनी पनि गरिएको थियो।