दक्षिणकालीमा उत्पादित तरकारी कसरी पुग्यो कतार ?

दक्षिणकालीमा उत्पादित तरकारी कसरी पुग्यो कतार ?
सुन्नुहोस्

काठमाडौं : नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरू कतारमा निर्यात गर्न सुरू गरिएको हो ।

बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई हरियो तरकारीहरू हस्तान्तरण गरिएको हो। ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको  (सीएफआरडी) कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो । सोही तरकारीलाई कतार निर्यात गरिएको हो। कतारमा पठाइका तरकारीमा तीतेकरेला,अकबरे खुर्सानी, सिमीलगायत छन्। 

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले किसानहरूले उत्पादन गरेका हरिया तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे। 

मेयर बस्नेतले कृषिका माध्यमबाट आर्थिक समृद्धिको यात्रालाई सफल पार्न नेपाली किसानले उत्पादन गरेका तरकारी कतारमा निर्यात गरिएको बताए। ' नेपाल र नेपालीको समृद्धिको यात्रालाई अगाडि बढाउन खोजिरहेका छौं।  नेपालमा कृषिबाट समृद्धि भन्ने तथ्यलाई बीचमा बिर्सिदै गएको अवस्थामा फेरि एकपटक कृषिका माध्यमबाट आर्थिक समृद्धिको यात्रालाई सफल पार्न सकिन्छ कि भनेर यो यात्रा तय गरेका हौं, 'उनले अन्नपूर्णसँग भने,' आधुनिक कृषि प्रणालीबाट तरकारी, फलफूल उत्पादन गर्न सक्यौं भने नेपालमा मात्रै नभइ विदेशमा पठाउन सकिन्छ भन्ने उदाहरणस्वरुप तरकारी कतार निर्यात गरिएको हो।'

उनले कतारमा तरकारी निर्यात गरेर नेपालमा खपत हुन नसकेको तरकारी विदेशमा पनि निर्यात गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए। 'हामीले उत्पादन गरेका तरकारीहरू हामीले मात्रै खपत गर्न सकेनौं र  किसानको लगानी उठ्ने अवस्था भएन भने विदेश पठाउन सकिन्छ भन्ने  सन्देश दिएको छ ,'उनले भने,' यो कार्यक्रमले देशभरका किसानमा उत्साह र उमंग छाउनेछ।'

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरूलाई विशेष तालिमका साथै आवश्यक कृषि सामाग्री समेत उपलब्ध गराएको थियो । सीएफआरडीले चिनियाँ कृषिशैली नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेको छ । सीएफआरडीले सुरुमा प्लम्बिङ र इलेक्ट्रिसियनको सीप विकासमा यो कार्यक्रम केन्द्रित गरेको थियो । 

कसरी बन्यो योजना ?

null

मेयर बस्नेत भन्छन् : चाइना फाउन्डेसनले कतारको एम्बेस्डरसँग समन्वय गर्नु भएको रहेछ। यहाँका किसानका उत्पादनलाई चाइना फाउन्डेसनले नजिकबाट नियालिरहेको थियो। हाम्रो बजारमा मात्रै खपत सम्भव नभएका बखत कतार पठाउनका लागि एउटा पुलको रुपमा फाउन्डेसनले काम गरेको छ। यसले विश्व बजार साँघुरो भइसक्यो भन्ने अनुभति गराएको छ। हामीकहाँ मूल्य पाइएन भने गोलभेडालगायत अन्य तरकारी सडकमा फाल्ने प्रवृत्ति छ। अब हाम्रो बजारमा मात्रै आत्मनिर्भर पर्नु पर्दैन। केही गरी नभ्याइनेछ, मुल्यमा घाटा पर्‍यो भने निर्यातको पनि संभावना छ।  यसका लागि कतारसँगै चाइनासँग पनि सम्झौता गरेर अगाडि बढ्न सक्छौं भन्ने विश्वास बढेको छ। यो कार्यक्रम पनि यसकै उपज हो । यो सबै व्यवस्थापन चाइना फाउण्डेसनले गरेको हो।  आज एक /दुईवटा आइटम मात्रै गएको छ। स्थानीय किसानले आफ्नो फर्ममा उत्पादन गरेको तरकारी निर्यात भएको हो। फाउण्डेसनले किसानहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नका लागि 'पुल'को रुपमा सहयोग गरेको हो। फाउन्डेसनले किसानलाई मल, बिउबिजन वितरण  गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.