निगमको वाइडबडी ‘सी चेक’पछि काठमाडौं फर्कियो

निगमको वाइडबडी ‘सी चेक’पछि काठमाडौं फर्कियो
सुन्नुहोस्

काठमाडौं : नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नाइनएन– एएलवाइ (अन्नपूर्ण) बिहीबार काठमाडौं फर्किएको छ। निगमले विज्ञप्ति जारी गर्दै जहाज विस्तृत परीक्षण विस्तृत परीक्षण (सी चेक) सकिएपछि इटालीबाट काठमाडौं आएको जनाएको छ। 

निगमले मेनटेनेन्स एण्ड ओभरहल अर्गनाइजेशन (एमआरओ) कम्पनी एटिटेकलाई जहाजको सि चेकको जिम्मा दिएको थियो। हरेक दुई वर्षमा निगमको ए ३३० विमानहरूको नियमित मर्मत (सी चेक) गर्नुपर्ने हुन्छ। 

२२ जुन, २०२४ (शनिबार, असार ८) मा इटाली लगिएको नाइनएन–एएलवाई जहाज ८२ दिनपछि नेपाल फर्किएको हो। सामान्यतया ३० दिनमा सि चेक सम्पन्न गरी जहाज फर्किनु पर्ने हुन्छ। तर, लामो समयपश्चात जहाज नेपाल फर्किएको हो। निगमको अर्को वाइडबडी जहाज सी चेकका लागि इटालीमै छ।

यो वाइडबडी र २ न्यारोबडी गरी निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि योग्य ३ जहाज भएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए। लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा ३ ओटा जहाजहरुले उडान भरी यात्रुहरुलाई थप सेवा दिने निगमले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.