नेपाल र भारतबीच थप हवाई प्रवेश मार्गका विषयमा छलफल

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न पर्यटनमन्त्री पाण्डेको आग्रह

नेपालमा थप हवाई प्रवेश मार्गका विषयमा भारतीय नागरिक उड्डयनमन्त्रीसँग छलफल

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न पर्यटनमन्त्री पाण्डेको आग्रह

काठमाडौं : भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालमा सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका छन्।

भारतमा जारी आईकाओको एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटवार्ता क्रममा भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँग नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरेका हुन्।

भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेकाले भारतका विभिन्न शहरबाट नेपालमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरेका हुन्।

भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न आग्रह गरेका थिए।

उनले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भई रहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिनन शहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गर्नुपर्ने विषयमा जोड दिएका थिए।

यसैगरी भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा  पनि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न आग्रह गरेका थिए। भेटमा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी आपसी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिए। 

भेटमा पर्यटन तथा संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप गहिराईमा पुर्‍याउन सकिने विषयमा विचारहरु आदानप्रदान भएको थियो। 

को-को सँग भयो भेट ?

यसैगरी साइडलाइन बैठकका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) दुईपक्षीय, क्षेत्रीय, बहुपक्षीय निकायका प्रतिनिधिहरुसँगको बेग्ला बेग्लै भेटमा नेपालले हवाई सुरक्षाका विषयमा शुरु गरेका नीतिगत सुधार लगायतका विषयमा मन्त्री पाण्डेले जानकारी गराएका थिए।

सोही क्रममा आइकाओका इरोपियन युनियन एभियशन सेफ्टिी एजेन्सी (इएएसए) का प्रतिनिधिहरुलाई सरकारले नागरिक उड्डयनका क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने विषयमा कानुन निर्माणको कामलाई तीब्रता दिएको र आईकाओको हवाई सुरक्षा अडिटमा गरेको सुधार  जानकारी गराए। 

पाण्डेले आजै दक्षिण कोरियाका नागरिक उड्डयन, भूमि , पूर्वाधार उपमन्त्री जो जोङओनसँग भएको भेटमा नेपाल वायुसेवा निगमका विमानले सिधै कोरियामा उडान गर्ने लगायतका विषयमा छलफल गरेका थिए।

मन्त्री पाण्डेले भियतनामका यातायाता उपमन्त्री ली आन ट्वानसँग पनि नेपाल र भियतनामबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने लगायतका नागरिक उड्डयनका क्षेत्रमा आपसी सहयोग अभिवृद्धिका विषयमा छलफल गरेका थिए।

यसैगरी मन्त्री पाण्डेले जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग भेटमा दुई देशबीच नागरिक उड्डयन,पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र मानवीय संशोधन विकास लगायतका विषयमा थप सहयोग अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो।

भेटमा भियतनामबाट जापान र कोरिया लगायतका देशबाट नेपालमा सिधै हवाई उडान गर्न सकिने वातावरण तयार भएको र सरकारले त्यसका लागि आवश्यक प्रबन्ध गरेको मन्त्री पाण्डेले जानकारी गराए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.