कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले साहित्य,कला तथा संस्कृति विभागमा सदस्यहरू मनोनित गरेका छन्। सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा १५ (९) अनुसार १० जना सदस्यहरूलाई मनोनित गरेका हुन्।
पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिना प्रमुख रहेको कांग्रेस साहित्य,कला तथा संस्कृति विभागको सदस्यमा अछामका यज्ञराज उपाध्याय,काठमाडौंका राजेन्द्र खत्री,काभ्रेपलाञ्चोकका रविन्द्र खड्का, चितवनका रमेश कोइराला,दाङका चन्द्र शर्मा मनोनित भएका हुन्।
यसैगरी तनहुँका सरोज भण्डारी, ललितपुरका रिसबदेव, सिरहाका शान्ति सदा, पाँचथरका देशु सुहाङ्ग र दैलेखका गणेश हमाल मनोनित भएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।