‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको पार्टनरमा नेपाल चेम्बर अफ कमर्श

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको पार्टनरमा नेपाल चेम्बर अफ कमर्श

काठमाडौं : युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानलाई प्रभावकारी बनाउनका लागि नेपाल चेम्बर अफ कमर्शले सघाउने भएको छ। अभियानको अग्रनाईजेशन पार्टनरमा नेपाल चेम्बर अफ कमर्श रहनेछ। 

बिहीबार नेपाल चेम्बर अफ कमर्शको कान्तिपथस्थित मुख्यालयमा  एक समारोहमा उक्त सम्झौता भएको हो। सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र नेपाल चेम्बर अफ कमर्शका स्टार्टअप एण्ड इनोभेसन कमिटिका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे। चेम्बरले युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यावसायलाई प्रवर्द्धन गर्नका लागि कमिटी बनाएरै काम गरिरहेको छ।

‘अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडिएका कम्पनीहरूको प्रवर्द्धनमा नेपाल चेम्बर अफ कमर्शले पनि सँगसँगै सघाउने छ’, ‘नेपाल नेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले भने ‘चेम्बरले अभियानमा मेन्टरशीपसहित व्यावसायिक अवसरहरू सिर्जना गराउनेछ।’

सम्झौता समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्ने रचनात्मक जिम्मेवारी मिडिया हाउसको पनि हो भन्ने महसुस गरेर अभियान सुरु गरेको बताए। उनले आगामी दिनमा अभियानलाई प्रदेशस्तरमै सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

नेपाल चेम्बर अफ कमर्शका स्टार्टअप एण्ड इनोभेसन कमिटीका अध्यक्ष पंकज जलानले अन्नपूर्णले सुरु गरेको उक्त अभियान साह्रै सराहनीय भएको भन्दै त्यसलाई भव्य रूपमा नतिजामुखी रूपमा सफल बनाउन लाग्ने उद्घोष गरे।

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन्। नेटवर्कले हाल नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजन लगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गदै आइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.