कार्य सम्पादन सम्झौता श्राद्ध गर्दा बिरालोलाई बाँधेजस्तो होइन : प्रधानमन्त्री

कार्य सम्पादन सम्झौता श्राद्ध गर्दा बिरालोलाई बाँधेजस्तो होइन : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ योजनाका साथ अगाडि बढ्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार  उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौतापछि प्रधानमन्त्री ओलीले कार्य सम्पादन सम्झौतालाई सही ढंगबाट कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

उनले कार्यसम्पादन सम्झौतालाई 'श्राद्ध गर्न बिरालोलाई बाँधे' जस्तो नठान्न समेत आग्रह गरे। उनले भने, 'कार्य सम्पादान सम्झौता गर्नैपर्ने प्रचलन छ। श्राद्ध गर्दा बिरालोलाई खोजेर भएपनि बाँध्नुपर्छ भनेर यसलाई बिरालो बनाएर श्राद्धमा खोजेर बिरालोलाई बाँधेजस्तो नठान्नुहोला। किन बिरालो बाध्या भनेको त चलन छ। किन कार्य सम्पादन सम्झौता गरेको  भनेको त चलन छ। पहिलेदेखि रहेछ चलन फेरि पनि छ।'

प्रधानमन्त्री ओलीले कामको योजना बनाएर तीव्रताका साथ अघि बढ्न मन्त्रीहरूलाई  निर्देशन दिए।  उनले भने,'ढिलासुस्ती गरी काम गर्ने छुट हामीलाई छैन। योजनावद्ध ढंगले तीव्र गतिमा अगाडि बढ्नुहोस्।'

समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न,प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको उनको भनाइ  छ।

एउटा मन्त्रालय र अर्को मन्त्रालयबीच समन्वय गरेर काम गर्न आग्रह गर्दै उनले कुनै पनि कुरामा डुप्लिकेसन नगर्न सचेत गराए। त्यस्तै प्रधानमन्त्री ओलीले यसअघिका राम्रा र उपयुक्त काम र अनुभवलाई साथमा लिएर अघि बढ्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हाँसिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूले आज कार्यसम्पादन सम्झौता गरेका हुन्।

कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरूले आर्थिक वर्ष २०८१/८२ मा गर्नुपर्ने प्रमुख कामलाई समयसीमा समेत उल्लेख गरिएको छ । कार्यसम्पाद सम्झौता अनुसारको कामको मूल्याङ्न मासिक र चौमासिक रुपमा हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन २०८१ कात्तिक ६ गते सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन २०८१ माघ ७ गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.