प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव लामाले गरे पदभार ग्रहण

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव लामाले गरे पदभार ग्रहण
सुन्नुहोस्

मकवानपुर : बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव दीपक लामाले पदभार ग्रहण गरेका छन्। हेटौंडा–६ गौरीटार रंगशालास्थित परिषद्को कार्यालयमा लामाले आज पदभार ग्रहण गरेका हुन्।  

सो अवसरमा प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले लामालाई कार्यकाल सफलताको शुभकामना दिँदै परिषदबाट हुने खेलकुदसँग सम्बन्धित सम्पूर्ण गतिविधिलाई तीव्रताका साथ अघि बढाउन आग्रह गरे। 

मन्त्री महर्जनले रंगशालामा निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माणको कार्य तोकिएको समयभित्रै सम्पन्न गर्न र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गर्न समेत निर्देशन दिए। 

पदभार ग्रहणसँगै लामाले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक तयारी गर्नका लागि अपुग करिब ९ करोड रुपैयाँ मन्त्रालयसँग माग गर्ने पहिलो निर्णय गरेका छन्। परिषदमा प्रतियोगिताको लागि आवश्यक तयारी गर्न ३ करोड ५७ लाख रुपैयाँ रहेको र करिब ९ करोड रुपैयाँ अपुग भएकाले मन्त्रालयसँग माग गरिएको परिषद्का कार्यालय प्रमुख बद्री पाठकले जानकारी दिए।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले नुवाकोटको बेलकोटगढी नगरपालिका ७ निवासी लामालाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा ३ को उपदफा २ को खण्ड ञ अन्तर्गत ५ वर्षे कार्यकालको लागि नियुक्त गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.