बर्दियामा लागूऔषधसहित दुई युवा पक्राउ

बर्दियामा लागूऔषधसहित दुई युवा पक्राउ
सुन्नुहोस्

गुलरिया : सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका-२ स्थित फुटाहामा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ। 

कैलालीको धनगढी नगरपालिका-३ बस्ने २६ वर्षीय मनोज ऐरी र बाँकेको खजुरा गाउँपालिका-९ बस्ने २७ वर्षीय नविन हमाललाई लागुऔषधको आरोपमा नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट ५ ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित २ थान एन्ड्रोइड मोबाइल र २ हजार ८३५ नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३१ गण बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले बताए। सीमापार बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्दै जान थालेपछि सशस्त्र प्रहरीले अवैध ओसार पसार र कारोबार समेत हुने आशंकामा सीमामा कडाइ गर्न थालेको उनको भनाई छ।

सशस्त्र प्रहरीले सोही गाउँपालिकाको वडा नम्बर ७ र ८ बाट केही दिन अघि सुनका गरगहना, ९ सय ७० मिलिग्राम लागू औषधसहित दुई जना र जाली नोटको कारोबार गर्ने गिरोहको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको एसपी दाहालले बताए। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला सुरक्षा समितिले आगामी ३ महिना लागूऔषध विरुद्ध सीमामा सशक्त कारबाही अघि बढाउँदै समुदायमा जनचेतनाका कार्यक्रम बढाउँदै लैजाने निर्णय गरेसँगै सीमामा सशस्त्र प्रहरीको थप जनशक्ति तैनाथ गरी अभियानमा सहकार्य गर्दै आएको नम्बर ३१ गणका गणपति दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.