गेटामा मेडिकल शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँस

गेटामा मेडिकल शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँस
सुन्नुहोस्

धनगढी : सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्थलको गेटको दुवैतिर सरकार र नेताहरूको ध्यानाकर्षण हुने गरी ‘गेटामा मेडिकल शिक्षाको पढाइ कहिलेदेखि हुन्छ ? भन्ने नारासहित बोर्ड टाँस गरेको छ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेको नेतृत्वमा धनगढी अत्तरियाका युवाहरूले ६ लेन सडकबाट धनगढी विमानस्थल जाने मूल गेटको दुवैतिर यस्तो बोर्ड टाँस गरेका हुन्। ‘संघीय सरकारका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री र नेताहरू यही बाटो आउने जाने गरेका तर गेटाका बारेमा बेवास्ता गरेको पाइएकाले उनीहरूको ध्यानाकर्षण होस् भनेर बोर्ड टाँस गरेका हौं’, संघर्ष समितिका संयोजक पाण्डेले भने।

शुक्रबारमात्रै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको सुदूरपश्चिमस्तरीय प्रशिक्षणका लागि धनगढी आउँदै छन्। केही दिनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि धनगढीको सभागृह उद्घाटनका लागि धनगढी आउने कार्यक्रम छ। ‘हामीले ती नेतृत्वमा बसेकाहरूले कम्तीमा पनि त्यो ब्यानर हेरून्, यस क्षेत्रको मेडिकल शिक्षा र स्वास्थ्य सेवाको अवस्था बुझून् भनेर बोर्ड टाँस गरेका हौं’, संयोजक पाण्डेले भने।

बोर्डमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक २०८० संसद्को चालु अधिवेशनबाटै पारित गर, ६ सय शय्या क्षमताको अस्पताल भवनमा कम्तीमा पनि ३ सय शय्याको अस्पताल घोषणा गर, सुदूरपश्चिममै मेडिकल शिक्षा कहिलेदेखि पढ्न पाउने ?, तत्काल गेटामा मेडिकल शिक्षाको पढाइ हुने व्यवस्था गर, सुदूरपश्चिममा मात्र मेडिकल शिक्षाको अध्यापन नहुनुको दोष कसलाई दिने ? जस्ता नारा लेखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.