लगानी बोर्डको सिईओमा सुशील ज्ञवाली नियुक्त
काठमाडौं : लगानी बोर्डको सिईओमा सुशील ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई बोर्डको सिईओमा नियुक्त गरेको हो। उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी रहिसकेका छन्।
यसअघि सर्टलिस्टमा ज्ञवालीसहित विष्णु प्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र काठमाडौंका भीष्मराज ढुंगाना परेका थिए।