बागलुङको गलकोटमा सरकारी गाडी दुर्घटना : ३ जनाको मृत्यु

बागलुङको गलकोटमा सरकारी गाडी दुर्घटना : ३ जनाको मृत्यु
सुन्नुहोस्

बागलुङ : बागलुङको गलकोटमा सरकारी पिकअप गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

आज बिहान लगभग पौने ९ मा बागलुङ गलकोट नगरपालिका-२ भुङखानी स्थित मध्यपहाडी लोकमार्गमा गाडी सडकबाट तल खसेको हो।

रा.१.झ.२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए। गाडीमा सवार २ महिला र १ पुरुषको  घट्नास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ।

 १ जना घाइते अवस्थामा फेला परेका र उनको थप उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ। घाइते तथा मृतकको पहिचान भने हालसम्म खुलेको छैन।
 
शव भीरको अप्ठ्यारोमा रहेको र उद्धार कार्यका लागि प्रहरी घटनास्थलमा पुगेको जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.