डोटीमा खोलाले बगाएर बालिका बेपत्ता : पहिरोमा च्यापिएर २ जना घाइते, दर्जनौं चौपायाको मृत्यु

डोटीमा खोलाले बगाएर बालिका बेपत्ता : पहिरोमा च्यापिएर २ जना घाइते, दर्जनौं चौपायाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

डोटी : डोटीको केआईसिंह गाउँपालिका-४ मा एक बालिकालाई खोलाले बगाएको छ। स्थानीय गन्ने खोलाले वायल बजारमा दूध पुर्याउन जाने क्रममा  ८ वर्षीया निर्मला चन्दलाई बगाएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमलाल भट्टराईले बताए। 

कार्की गाउँ बस्ने महामतीकी छोरी निर्मलाको स्थानीय  र प्रहरीद्वारा खोजी कार्य जारी छ। बोगटान फुडसिल गगुडा घर भइ कार्की गाउँ स्थित मामाघरमा चन्द बस्दै आएकी थिइन्।

सोही खोलामा परेर अर्की एक महिला पसल खोल्न वायल आउने क्रममा घाइते भएकी स्थानीय वसन्त विकले बताएका छन्। उनको दुर्गामाण्डौ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

उता डोटीको बडीकेदार गाउँपालिका-४ टिमुटेमा पहिरोले घरभित्र च्यापिएर दुई जना घाइते भएका छन्। ४५ वर्षीय तुलाराम जेठारा र ४० वर्षीया भागरथी जेठारा घाइते भएका डिएसपी भट्टराईले जानकारी दिए। तुलाराम सामान्य घाइते भए पनि भागरथी भने गम्भीर रहेकी छन्। दुवै जना श्रीमान श्रीमती हुन्। घरमाथि पहिरो खस्दा गएराती उनीहरू घाइते भएका हुन्।

उनीहरुको बाख्रा खोरमासमेत पहिरो खस्दा दर्जनौं बाख्राको च्यापिएर मृत्यु भएको प्रहरी जनाएको छ। ४ वटा गाइगोरुसमेत पहिरोमा पुरिएर मरेका छन्। व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका जेठारा दम्पतीको घर र खोरमा भएको क्षति विवरण संलकन कार्य भइरहेको डिएसपी भट्टराइले बताए।

त्यस्तै केआईसिंह गाउँपालिका-६ भाटीगाउँमा पनि पहिरोले पुरिएर तारा भाटका दुई वटा बाख्रा मरेका छन्। घरबाहिर निस्केर मध्यराती आफूले ज्यान बचाउन सफल भए पनि गोठ र घरमा पुर्ण क्षति भएको भाटले बताएका छन्।

त्यस्तै दिपायल सिलगढी नगरपालिका-०८ गोदडा बस्ने ७० वर्षीय सागर साउँदको गोठ माथिबाट आएको पहिरोले गोठभित्र रहेको एक भैँसी च्यापिएर मृत्यु भएको र भैँसीको पाडा १ र एउटा गाईको सकुशल उद्धार गरिएको हो।

बुधबार रातिदेखिको लगातारको वर्षाले धानबालीमा समेत क्षति पुगेको किसानहरूको गुनासो छ। वर्षाले ग्रामीण भेगमा जाने अधिकांश सडकहरू अवरुद्ध भएका छन्। लगातारको वर्षाले ठाउँठाउँमा पहिरो गएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.