पलेसाले पाइन् ६५ लाख

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक,२०२४ मा कास्य पदक विजेता पलेसा गोर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पुरस्कृत गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्रीओलीले पलेसालाई  ६५ लाख पुरस्कार राशीसहित पुरस्कृत गरेका हुन्।

२० भदौ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पलेसालाई ६५ लाख रुपैयाँ पुरस्कार राशी कर नकटाइ पुरस्कृत गरिएको हो।यस्तै खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताए ।

उनले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको समेत धारणा राखे।

त्यस्तै कास्य पदक विजेता पलेसाले आफू र टीमको मेहनतका कारण पदक प्राप्त सफल भएको भन्दै आगामी दिनमा पनि राम्रो खेल प्रदर्शन गर्ने बताइन्। पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा कास्य पदक जितेकी थिइन्।  उक्त पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.