बबई र कर्णाली नदीले खतराको तह नाघ्यो, अलर्टमा सुरक्षा निकाय

बबई र कर्णाली नदीले खतराको तह नाघ्यो, अलर्टमा सुरक्षा निकाय
बबईको भादामा मापन गरिएको नदीको सतह।  तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया : बर्दियाको चेपाङमा बबई नदीले र चिसापानी पुलमा कर्णाली नदीले खतराको तह नाघेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बबई तथा कर्णाली नदीको सतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको हाईड्रोलोजीका अनुसार समाचार तयार पारुञ्जेल बर्दियाको चेपाङमा बबई नदीको सतह ७ दशमलव २१ मीटर पुगेको छ । चेपाङमा ५ दशमलव ५० मीटर चेतावनी र ६ दशमलव ८० मीटर पानीको सतहलाई खतराको तह मानिन्छ । चेपाङमा नदीको सतह घट्दो क्रममा भएपनि गुलरिया स्थित भादा पुलमा नदीको सतह बढ्दो क्रममा छ ।

भादा पुलमा नदीको सतह बढ्दो क्रममा ६ दशमलव ६० मीटर पुगेको छ । पुलमा ७ मिटरलाई चेतावनी र ८ मीटर पानीको सतहलाई खतराको तह मानिन्छ । त्यस्तै कर्णाली नदीमा पानीको सतह १० दशमलव ८४ मीटर पुगेको छ । चिसापानी पुलमा १० मिटर पानीको सतहलाई चेतावनी र १० दशमलव ८ मिटरलाई खतराको तह मानिन्छ । पश्चिमका पहाडी जिल्लाहरूमा वर्षाद भइरहेकोले पानीको सतह थप बढ्ने पूर्वानुमान गरिएको छ । 

नदीले खतराको तह नाघेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारीगर्दै नदी तटीय क्षेत्रका स्थानियहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । बाढीबाट जोखिम हुन नदिन पूर्व तयारीसहित सबै तहका सुरक्षा निकायलाई अलर्ट राखिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए। जलाशय बढीरहेको अवस्थामा माछा मार्न,काठ दाउरा निकाल्न नदीमा नजान स्थानीयलाई अनुरोध गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.