अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्च नेपालमा

अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्च नेपालमा

काठमाडौं : एभरेडीले नवप्रवर्तन, सुरक्षा र सामाजिक प्रभाव, विशेष गरी पहुँच योग्य सुरक्षा उपकरणहरू मार्फत महिलाहरूलाई सशक्तिकरण गर्न ब्रान्डको प्रतिबद्धता देखाउँदै नेपालमा अल्टिमा अल्कालाइन ब्याट्रीहरू र डीएल १०२ साइरन टर्च ल्याएको छ।

नयाँ अल्टिमा अल्कालाइन ब्याट्रीहरूले खेलौना, भिडियो गेमहरू र मेडिकल उपकरणहरू जस्ता उच्च- निकास यन्त्रहरूका लागि ८००% सम्म लामो समयसम्म चल्ने शक्ति प्रदान गर्दछ। जसले एभरेडीको उन्नत प्रविधि मार्फत उत्कृष्ट प्रदर्शन प्रदान गर्ने फोकसलाई बलियो बनाउँछ।

#AWAZUTHAUNESHAKTI अभियान अन्तर्गत सुरु गरिएको साइरन टर्चले सबैका लागि सुरक्षाको आवश्यकतालाई जोड दिन्छ, विशेष गरी महिलाहरू, सुन्ने र बोल्ने क्षमता नभएका समुदायको नेतृत्वमा, उत्पादनलाई सशक्तिकरण र सुरक्षाको शक्तिशाली प्रतीक बनाइएको छ।

एभरेडी इण्डष्ट्रिज इण्डिया नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो। जसले आफ्नो पछिल्लो आविष्कारहरू नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन् ब्याट्री तथा डिएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ। 

काठमाडौंको यात प्लालेसमा आयोजित पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको यी उत्पादनहरूले दैनिक जीवनलाई बढावा दिँदै व्यक्तिगत सुरक्षालाई साथ दिएर उद्देश्य परिचालित उच्च गुणस्तरीय समाधानहरूका साथ नेपाली बजारलाई सेवा पुऱ्याउने एभरेडीको रणनीतिक विस्तार र समर्पणलाई संकेत गरेको छ।

एभरेडीले आफ्नो अद्भुत "खेलिन्छ त सिकिन्छ” भन्ने अभियान मार्फत् बालबालिकाहरूले मज्जा भन्दा पनि बाहिर मित्रता, साझेदारी र करुणा जस्ता आवश्यक जीवनपयोगी सिपहरूलाई बढावा दिन्छ भनेर प्रकाश पार्न अल्टिमा अल्कालाइन् ब्याट्रीहरू प्रस्तुत गरेको छ। आविष्कार प्रतिको एभरेडीको प्रतिबद्धता स्वरुप नयाँ अल्टिमा शृंखलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने AA/AAA ब्याट्रीहरू ८००% लामो कार्यसम्पादन दिने अल्टिमा प्रोका साथ प्रभावशाली शक्ति क्षमताहरू प्रदान गर्दछ। 

खेलौनाहरू भिडियो गेमहरू र चिकित्सकीय औजारहरू जस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरूका लागि विशेष रुपमा डिजाइन गरिएको यी ब्याट्रीहरू अल्कालाइन् प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण हुन्।

यसका साथै एभरेडी डिएल १०२ साइरन टर्चलाई ब्राण्डको #AWAZUTHAUNESHAKTI अभियानका साथ कान नसुन्ने र बोल्न नसक्नेहरूका लागि एभरेडीको उद्देश्य परिचालित आविष्कारको रुपमा प्रस्तुत गरिएको छ। यसमा १०० डेसिबल एसओएस अलार्म, युएसबि टाइप - बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँकने विशेषताहरू छन्। जसले यसलाई अझ ठोस शक्तिशाली बनाएको छ। आकस्मिक क्षणहरूमा प्रयोगकर्ताहरूलाई सं बनाउन डिजाइन गरिएको यो टर्चले सबैका लागि सुरक्षामा पहुँच भन्ने ब्राण्डको प्रतिबद्धतालाई दर्शाउँछ।

सम्मेलनमा मन्तव्य राख्दै एभरेडी इण्डष्ट्रिज एण्डिया लिका एसबियु प्रमुख (ब्याट्रीज एण्ड फूल्यासलाइट) र वरिष्ठ उपाध्यक्ष, अनिर्वान बेनर्जीले भने,  “नेपालमा यी उत्पादनहरूको बिक्री वितरण सुरु हुनुले नेपाली बजारलाई नवीन खोज, धेरै समय चल्ने शक्ति प्रवर्द्धन गर्ने अत्याधुनिक समाधानहरू र सुरक्षाका साथ सेवा प्रदान गर्ने एभरेडीको रणनीतिक विस्तार र प्रतिबद्धतालाई झल्काउँछ। हाम्रो अल्टिमा अल्कालाइन् ब्याट्रीहरूमा ४०० देखि ८०० प्रतिशतसम्मको दीर्घ जीवन छ र यी उत्पादनहरू उच्च खपत गर्ने उपकरणहरूका लागि एकदम सही छन्। त्यसैगरी एभरेडी साइन टर्च एउटा उत्पादन मात्र हैन। यो सुरक्षा, सशक्तिकरणको प्रतिक हो र यसले आकस्मिक अवस्थाहरूमा आवाज उठाउन मद्दत गर्दछ। यी दुवै आविष्कारहरूले हाम्रा ग्राहकहरूको बढ्दो आवश्यताहरूलाई परिपूर्ति गर्न उत्कृष्ट कार्यक्षमता प्रदान गरेर व्यक्तिगत सुरक्षा र दैनिक जीवनलाई उन्नत बनाउने हाम्रो समर्पणलाई  प्रतिबिम्बित गरेका छन्।’

दुवै उत्पादनहरूले एभरेडीले लिदै आएको बातावरणीय र सामाजिक उत्तरदायित्व प्रतिको समर्पणलाई प्रस्तुत गरेका छन्। अल्टिमा ब्याट्री पारो, शिसा र क्याडमियम जस्तो वातवरणमा नकारात्मक असर पार्ने तत्वहरूबाट मुक्त छ भनें साइरन टर्च महिलाहरूको सुरक्षा सुनिश्चित् गर्न र आपतको समयमा उनीहरू आवाज उठाएर सशक्त बनाउन तयार पारिएको एक सिर्जना हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.