सहकारी प्रकरण : प्रतिवेदनलाई अन्तिम रूप दिने संसदीय छानबिन विशेष समितिको तयारी

सहकारी प्रकरण : प्रतिवेदनलाई अन्तिम रूप दिने संसदीय छानबिन विशेष समितिको तयारी
सुन्नुहोस्

समितिले आज दिउँसो ४ बजे गृहमन्त्री रमेश लेखक,गृह सचिव र प्रहरी प्रमुखसहितलाई छलफलका लागि बोलाएको छ ।

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ। सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानबिन गरिरहेको संसदीय छानविन विशेष समितिको आजको बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिएको सभापति सूर्य थापाले जानकारी दिए। 

यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो । यस अगाडि तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ ।

यसैबीच समितिले आज दिउँसो ४ बजे गृहमन्त्री रमेश लेखक,गृह सचिव र प्रहरी प्रमुखसहितलाई छलफलका लागि बोलाएको छ । सभापति थापाका अनुसार विदेशमा फरार व्यक्तिहरूलाई ल्याउन साउन १३ गतेको बैठकमा गरिएको निर्देशन कार्यान्वयनका बारेमा उनीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.