छानबिन समितिसमक्ष मितेरी सहकारीका अध्यक्ष कुम्भराजले भने : धनराज गुरुङ आफैँ ऋण तिर्ने गर्थे

छानबिन समितिसमक्ष मितेरी सहकारीका अध्यक्ष कुम्भराजले भने : धनराज गुरुङ आफैँ ऋण तिर्ने गर्थे
सुन्नुहोस्

काठमाडौं : मितेरी बचत तथा सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरूङले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफैँ सहकारीको ऋण तिर्न आएको बताएका छन्।

कांग्रेस उपसभापति गुरुङले ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थामा आफ्नो संलग्नता नभई पूर्वश्रीमतीको मात्र संलग्नता रहेको दाबी गरेपनि झण्डै ८१ लाख रुपैयाँ ऋण तिरेको खुलेको हो। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले स्थलगत अवलोकनको क्रममा धनराजको समेत संलग्नता रहेको प्रमाण फेला परेको हो। 

छानबिन समिति समक्ष पनि कुम्भराजले वास्तविक डिभोर्स नभई सहकारी डिभोर्स रहेको टिप्पणी गरेका छन्। समिति समक्ष कुम्भराजले भने, ‘ धनराजलाई पनि सम्पूर्ण जानकारी छ र कागजीरुपमा मात्रै डिभोर्स भएको हो। उनीहरुको व्यवहारले सहकारीलाई अफ्ठ्यारो पर्‍यो।’कुम्भराजले धनराजले श्रीमतीको नाममा सहकारीबाट ऋण लिएपनि केही महिना अगाडि उनी आफैंले केही ऋण तिरेको बयान दिएका छन्। तर गुरुङ दम्पतिले अझै रकम तिर्न बाँकी रहेको कुम्भराजले समितिसमक्ष भनेका छन्। 

सहकारीका अध्यक्ष गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित छानबिन समितिमा धनराज र उनकी श्रीमती ज्योति सगोलमा रहँदाका बखत रकम दुरूपयोग भएको बयान दिएपछि उनले ऋण लिएको खुलेको थियो। कांग्रेस उपसभापति समेत रहेका धनराज र उनकी श्रीमती ज्योतिमाथि सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।  सांसद गुरूङले ज्योति गुरूङसँग सम्बन्ध विच्छेद भइसकेकाले उनले गरेका गतिविधिसँग आफ्नो नाम मुछ्नु अन्यायपूर्ण हुने जिकिर गरेपनि सम्बन्ध विच्छेदपश्चात पनि गुरुङ आफैँ सहकारी पुगेर किस्ता तिरेको खुलेको हो। 

छानबिन समितिमा बयान दिएपछि ललितपुरको महालक्ष्मीस्थानस्थित कुम्भराजले ज्योति गुरुङसहित पाँचजनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिन पुगेका थिए।

यता छानबिन समितिका सदस्य एवम् नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले कांग्रेस उपसभापति धनराज गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको टिप्पणी गरेका छन्। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले गुरुङ केहि समयअघि सम्बन्धबिच्छेद भएको भनिएको श्रीमतिसँग देखिएको भन्दै गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको बताउँदै आएका हुन्। उनले छोराको बिहेमा गुरुङ र उनकी श्रीमतीसँगै देखिएकाले २०७६ सालपश्चात भेट नभएको भन्नु गलत दाबी भएको उल्लेख गरे।

१४ करोड पचाउनका लागि मात्रै गुरुङले कानूनी रुपमा सम्बन्धबिच्छेद गरेको उनले आरोप लगाए। दाहालले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनुपर्ने बताएका थिए। कांग्रेस सांसद धनराज गुरूङले भने सहकारीको रकम अपचलन गरेको आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको बताउँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.