मुस्ताङमा थपियो आलु जोन विकास कार्यक्रम

मुस्ताङमा थपियो आलु जोन विकास कार्यक्रम
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा चालु आर्थिक वर्षदेखि आलु जोन विकास कार्यक्रम भित्रिएको छ। आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी बाह्य देशबाट हुने आयातलाई प्रतिस्थापन गर्ने र खाद्य सुरक्षामा समेत टेवा पुर्‍याउने उद्देश्यले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ देखि मुस्ताङमा आलु जोन विकास कार्यान्वयनमा ल्याएको हो।

चालु आर्थिक वर्ष आलु जोनका लागि १ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले बताए। जसमध्ये १ करोड १७ लाख रुपैयाँ बजेट आलु जोनका लागि अनुदान शीर्षकमा खर्च हुनेछ। बाँकी १३ लाख बजेट आलु जोनअन्तर्गत तालिम, प्रविधि प्रदर्शनी, क्रप कटिङ र तथ्यांक संकलनलगायत सेवामूलक कार्यक्रममा खर्च हुने उनले बताए।

आलु जोन विकास कार्यक्रमका लागि पाँच सय हेक्टर क्षेत्रफल तोकिएको छ। उक्त कार्यक्रमअन्तर्गत आलु जोनमा समावेश हुने कृषि फार्म, समूह, सहकारीमा आबद्ध कृषकहरूले प्रस्ताव पेस गर्न सक्नेछन्। उनीहरूले आलु जोनको पूर्वाधार विकासतर्फ ८५ प्रतिशत अनुदान सहुलियत पाउनेछन्। यस्तै आलु उत्पादनका लागि यन्त्र उपकरण, बिउ तथा अन्य उत्पादन तथा प्रशोधनलगायतका सामग्री खरिदमा ५० प्रतिशत अनुदान सहुलियत उपलब्ध हुने परियोजना कार्यान्वयन इकाइ मुस्ताङका प्रमुख भट्टले उल्लेख गरे।

शीतोष्ण हावापानी भएको हिमाली जिल्ला मुस्ताङमा आलुखेती बालीको प्रचुर सम्भावना रहेको पशुपक्षी विकास मन्त्रालयको ठम्याइ छ। मुस्ताङमा आर्थिक वर्ष २०७९/८० मा ४ सय ५९ हेक्टरमा आलु खेती गर्दा ७ हजार ३१ टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

मुस्ताङी सेतो लोकल आलु उपल्लो मुस्ताङमा चैत्र/वैशाखमा रोपेर असोजमा खनेर निकालिन्छ। यस्तै, तल्लो मुस्ताङमा फागुमा रोपेर भदौको पहिलो साता खेतबाट खनेर निकालिन्छ। मुस्ताङमा चिसो हावापानी भएकाले यहाँको आलु स्वादिलो, पोसिलो र गुणस्तरको हुने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.