आउँदो सोमबारबाट काठमाडौंमा दिपल एक्सचेन्ज कानिर्भल

आउँदो सोमबारबाट काठमाडौंमा दिपल एक्सचेन्ज कानिर्भल
सुन्नुहोस्

काठमाडौं : नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौं गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल गर्ने भएको छ। 

यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरु खरिद गर्न सक्नेछन्। 

दिपलमा अपग्रेड हुने अभुतपूर्व मौका

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको निकै रुचाइएको प्रिमियम इभी एस०७ खरिद गर्न सक्नेछन्। यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने छन्। 

उनीहरुले थप एक्सचेन्ज बोनस पाउनेछन्। जसले उनीहरुको दिपल यात्रालाई थप सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ। यसबाहेक एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाउनेछन्। जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन्। साथै ग्राहकले गाडीको भ्यालुएसन र बुकिंगमा गिफ्ट पाउनेछन्। 

किन दिपलका इभी किन्ने ?

नेपालमा एमएडब्लु वृद्धिले दिपल एस०७ र एल०७ गरी दुई मोडेल विक्री गर्दै आएको छ। यी इभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ। पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस०७लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो। 

दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिंग मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन। 

एमएडब्लु वृद्धिले दिपल एक्सचेन्ज कानिर्भलमा फ्युचरिस्टिक दिपल इभीमा अपग्रेड गर्न सबै इभीप्रेमीलाई आमन्त्रण गर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.