बाढीबाट बर्दियामा ८५ घरपरिवार प्रभावित

बाढीबाट बर्दियामा ८५ घरपरिवार प्रभावित
सुन्नुहोस्

गुलरिया: गएरातिदेखि परेको अविरल वर्षाका कारण बबई र कर्णाली नदी आएको बाढीका कारण बर्दियामा ८५ घरका १ सय २२ जना प्रभावित भएको प्रारम्भिक तथ्यांक छ। बाढीका कारण बस्ती जलमग्न भएपछि स्थानीय प्रशासनले उनीहरूलाई सुरक्षित स्थानमा आश्रय मिलाएको छ।

कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिका-३, टेडियास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पानी पसेर पठनपाठन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए। 

राजापुर नगरपालिका-१ दौलतपुर गाउँका ३६ घर र चनौरामा ४४ घरमा पानी पसेर डुबान भएको छ। उनीहरू कर्णाली नदी किनारको ड्याम स्थित उच्च स्थानमा पाल टाँगेर बसेका छन्। गेरुवा गाउँपालिका-२ राजीपुर बस्ने अजुबा थारू, खुशीराम थारू र  वीर बहादुर विकको कच्ची घरमा पानी पस्दा खाद्यान्न, लत्ताकपडा क्षति भएको उनले बताए। 

उक्त ३ घरका २२ जनाको परिवार नजिकैको छिमेकी कहाँ आश्रय लिएर बसेका छन्। त्यस्तै ठाकुरबाबा नगरपालिका-२ तलो बलाती बस्ने टिकाराम पौडेलको इटा र टिनले बनेको कच्ची घरको पर्खाल भत्किँदा घरमा क्षति पुगेको छ। घरका ७ जना परिवार अर्को घरको कोठामा आश्रित छन्। 

बाँसगढी नगरपालिका-१ स्थित चेपाङमा रामकुमारी खत्रीको एक तल्ले टिनले छाएको कच्ची घरको पूर्व तर्फको पर्खाल भत्किएर क्षति पुगेपछि ३ जनाको परिवार छिमेकीको घरमा आश्रय लिएको जनाइएको छ। प्रहरीको प्रारम्भिक तथ्यांक अनुसार करिब ९० हजार रुपैयाँको क्षति भएको छ।

बबई र कर्णाली नदीमा एकै समयमा जल सतहले खतराको तह पार गरेपछि जिल्ला विपद व्यवस्थापन समिति बर्दियाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयहरूलाई सुरक्षित रहन सचेत बनाएको थियो। त्यस्तै नदीमा बगेर आएको काठ दाउरा छोप्न स्थानीय प्रशासनले कडाइका साथ रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा दिनभर सुरक्षा टोली कर्णाली तथा बबई नदी क्षेत्रमा अलर्ट अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। कर्णाली तटीय क्षेत्रमा कटान हुने सम्भावित किनारमा ठूला ढुंगाहरू राखेर आपतकालीन तटबन्ध गर्यौं। यसले गर्दा पनि नदी जथाभाबी बस्तीमा बस्न पाएन। 

उनले भनिन्, ‘विगतका वर्षहरूमा भन्दा यस वर्ष नदीको प्वाल टाल्ने काम धेरै गर्यौ। जिल्लामा बाढीको सूचना प्रवाह संयन्त्र स्थानीय समुदायसम्म पुग्ने सशक्त माध्यम भएकाले पनि सजग बनाउन मद्दत पुग्यो। उनले भनिन् सबै सुरक्षा निकाय सहित अझैपनि अलर्टमै छौं।’ यद्यपि नदीको जलस्तर घट्दो क्रममा छ। स्थानीय पालिकाहरू पनि जवाफदेही बन्दा विपदमा सहकार्य गर्न सहज भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.