प्रतिवेदनलाई अन्तिमरूप दिँदै सहकारी छानबिन विशेष समिति, आज प्रधानमन्त्री ओलीसँग छलफल गर्ने

प्रतिवेदनलाई अन्तिमरूप दिँदै सहकारी छानबिन विशेष समिति, आज प्रधानमन्त्री ओलीसँग छलफल गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं :  सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ। आज बेलुका ५ बजे बेलुका सिंहदरबारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्न बोलाएको हो।

समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारीको रकम ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो। समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए। 

संसदीय छानबिन विशेष समिति प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल अगाडि बढाएको छ। यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो। समितिले तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार गर्न नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.