भर्खरै
आधा बाटोमै छन् – स्कुलले नानीहरू
आधा बाटोमै छन् – बिरामी बोकेको एम्बुलेन्स
हो आधा बाटोमै छन् – भारी बोक्ने भरियाहरू
सबथोक आधा
मानौं, गन्तव्य आधा र काम आधा ।
हठात् कसले निर्णय गर्यो
र, यो अदूरदर्शिताको
पराकाष्ठा देखियो खुलेयाम ।
कर्फ्युले
समय भयभीत बनाउँदो रहेछ
र, आतंकित भएर परिवेश
परिवेशसँगै नतमस्तक हुँदो रहेछ ।
समयले निमोठेपछि
रून पनि नपाइँदो रहेछ
हाँस्न पनि नपाइँदो रहेछ
मानौं, मान्छे सालिक हो
ऊ उभिरहनु मात्र पर्छ
हल्लिनु हुँदैन र चल्मलाउनु हुँदैन
पक्ष लिनु हुँदैन र विपक्ष बन्नु हुँदैन
एउटा जडता बोकेर मान्छे, मान्छे होइन
कर्फ्यु नै बन्नुपर्दो रहेछ – कर्फ्यु लागेको समय ।
बिर्खे अञ्जान