बझाङको जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

बझाङको जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध
सुन्नुहोस्

बझाङ : छबिसपाथिभेरा १ सुङगाला तथा बालुवाटारमा ठूलो पहिरो खस्दा खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ज पूर्वरूपमा ठप्प भएको छ । आज बिहान पहिरो खस्दा बझाङ जिल्लाबाट बाहिरिने र भित्रिने सवारीसाधन सडकमै रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । 

पहिरोले सडक पुरेको र अझैं पनि पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताए । उनका अनुसार पहिलेदेखि सानो ठूलो पहिरो खसिरहेको उक्त स्थानमा गयराती ८:३७ बजे खप्तडछान्ना गाउँपालिका - ७ गडाराय केन्द्रबिन्दु बनाएर गएको ३.७ म्याग्निच्युडको भुकम्पले हल्लाउँदा ठूलो पहिरो खसेको हुन सक्छ । 

जयपृथ्वी राजमार्ग छबिसपाथिभेरा-१ को जालेबगर, तमैल बजार वरपरका भीर र बालुवाटारमा बढी अवरुद्ध हुने गरेको छ । अवरुद्ध सडक खुलाउन धेरै समय लाग्ने गरेको यात्रुहरूले गुनासो गरेका छन् । 

सडक डिभिजन बैतडीले बझाङका लागि शाखा कार्यालय पनि नराखेको र  बझाङमा फोन नेटवर्क नहुँदा  जेसिबी चालक सम्पर्कमा ल्याउनै मुस्किल हुने गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी युवराज भण्डारीले बताए । उनले भने, 'बझाङमा नेटवर्क नै हुँदैन । बैतडी फोन गरेर जेसिबी मगाउनुपर्छ । कहिले इन्धन छैन भन्छन् । केही बिग्रेको छ भन्छन् । यस्तो हाइ अलर्ट गरेको समयमा पनि सडक डिभिजनको चरम लापरबाही हुन थाल्यो । सडक दैनिक अवरुद्ध भइरहेको हुन्छ । उसलाई वास्ता छैन ।' 

यस्तै बझाङमा तीनदिनदेखि विद्युत र नेपाल टेलिकमको सम्पूर्ण सेवा ठप्प छ । विद्युत, सडक, सञ्चार सेवा बन्द हुँदा बझाङबासी मारमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.