अधुरै रह्यो गाउँपालिका उपाध्यक्ष बुढाको ‘शी लिड्स आइकन’ बन्ने सपना

अधुरै रह्यो गाउँपालिका उपाध्यक्ष बुढाको ‘शी लिड्स आइकन’ बन्ने सपना
सुन्नुहोस्

रुकुमपूर्व : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन्।

तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि अस्ताएको छ। आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गरेकी बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाएकी छिन्। 

आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडौं बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कंदै गर्दा बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको छ। उनीसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर सिर्पालीको पनि घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जिप रुकुम पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भिरमा खसेको बताए।

जिप दुर्घटना सँगै ‘शी लिड्स आइकन’ बन्ने सपना सधैंका लागि समाप्त भएको छ। प्रतिस्पर्धामा देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। ‘अनलाइन’ मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थिए। तर, उक्त सूचीबाट एकजनाको सङ्ख्या शुक्रबारबाट सधैंका लागि घटेको छ।

सो दुर्घटनामा जिपचालक रुकुम पूर्वको भूमे गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेपछि धौलागिरी अस्पतालमा उपचारपछि थप उपचारका लागि अहिले पोखरा पठाइएको छ। शुक्रबार रा १ झ २०० नम्बरको पिकअप जिप अनियन्त्रित भइ सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।

उपाध्यक्ष बुढाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राखेकी थिइन्। उनले बुबा बितेपछि एक्लै परेकी आमालाई उपचारसँगै काठमाडौं घुमाउन लगेकी थिइन्। ७ वर्षअघि उपाध्यक्ष बुढाले बुबा गुमाएकी थिइन्। उनले आमाको हेरचाह आफैं गर्दै आइकी थिइन्। आमालाई उपचार गरी सहर घुमाएर घर फर्किएकी उपाध्यक्ष बुढाको जिप दुर्घटनामा आमासँगै मृत्यु भयो। दुर्घटनामा रुकुमपूर्वका वडाअध्यक्षको पनि मृत्यु भएको छ। अहिले रुकुम पूर्व शोकमा डुबेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.