रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ। देशभरबाट करिब १ हजार ५ सय प्रतिनिधि हुने भेलामा सहभागी हुने रास्वपाले जनाएको छ। केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलाको उद्घाटन सम्पूर्ण प्रतिनिधि सदस्यले सामूहिक रूपमा घन्टी बजाएर गर्नेछन्। भेलामा सहभागी हुन आउने सबै प्रतिनिधि सदस्यलाई पुस्तकसँगै एउटा घन्टी लिएर आउने हेडक्वाटरले निर्देशन दिएको छ।