अमेरिकामा नेपाली भलिबल सुरु, पेन्सिलभेनियाका सांसदले गरे स्वागत

अमेरिकामा नेपाली भलिबल सुरु, पेन्सिलभेनियाका सांसदले गरे स्वागत
सुन्नुहोस्

न्यूयोर्क : अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा अमेरिकास्तरीय नेपाली भलिबल सुरु भएको छ। अमेरिकाका विभिन्न राज्यबाट भेला भएका पुरुष एवं महिलाका गरी २४ वटा टोलीबीच इन्टा कप भलिबल प्रतियोगितामा सुरु भएको हो।

नेपाली खेलाडीहरूका लागि आयोजित स्वागत समारोहमा पेन्सिलभेनिया राज्यका संसदका सांसद डेभ म्याडसेनले आप्रवासी समुदायका व्यक्तिहरूले नै अमेरिका निर्माणमा ठूलो भूमिका निर्वाह गरेको बताए। उनले नेपाली मूलको समुदायलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको बताएका थिए। 

उनले समुदायबीचको यो खेल देखेर आफू उत्साहित भएको र सबै खेलाडीहरूलाई पेन्सिलभेनियामा स्वागत गर्न आफू उपस्थित भएको बताएका थिए। आयोजक संस्था इन्टा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सभापतित्वमा भएको समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. अर्जुन बञ्जाडेले यो प्रतियोगिताले खेल भवनाको विकासमा योगदान पुर्‍याएको बताए। कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलसहितका व्यक्तित्वहरू विशेष अथितिकारूपमा उपस्थित थिए।

null

पुरुषका १६ टिम र महिलाका ८ टिममध्ये शुक्रबार पुरुषका १६ टिमको लिग चरणाका खेलहरू सम्पन्न भएका छन्। महिला टिमको लिग खेल भने शनिबार हुने छ। शनिबार नै पुरुषतर्फको क्वार्टरफाइनल खेल हुने अयोजक संस्थाका दीपेश प्रधानले बताए। 

शुक्रबार गार्खाली भलिबल टिम र रिजउड नेपाली समाज न्यूयोर्कका बीच, बाग्लुंग समाज र योग ब्लग ह्यारिसवार्गबीच, गार्खाली भलिबल र ह्यारिसवर्ग गार्खाका बीच, न्यूयोर्क इन्टा र योग ब्लडबीच, गोर्खाली भलिबल टिम र कोलम्बस इन्टाबीच, न्यूयोर्क इन्टा र बाग्लुंग समाजबीच सम्पन्न भएको थियो। त्यसैगरी फिप्टी स्टार क्लब र न्यूयोर्कबीच, टिम रुकुम र स्याञ्जा समाजबीच, टिम सजनी र सानफ्रान्सिस्को भलिबल टिमबीच, केन्टकी वाइल्ड क्याट र टिम रुकुमबीच, माउण्ट एभरेष्ट टिम र सान फ्रान्सिस्को भलिबल टिमबीच, सिन्सीनाटी भलिबल क्लब र टिम रुकुमबीच, गल्कोट बाग्लुंग र माउण्ट एभरेष्टबीच प्रतिस्पर्धा भएको थियो। 

null

लिग चरणका यी खेलहरूबाट बिजयी भई रिजउड नेपाली समाज टिम, स्याञ्जा समाज टिम, रुकुम टिम, गार्खाली भलिबल टिम, योग ब्लड टिम, सान फ्रान्सिस्को भलिबल टिम, न्यूयोर्क इन्टा टिम क्वार्टर फाइनलमा पुगेका छन्। शनिबार हुने गलकोट बाग्लुंग र टिम सजनी बीचको लिग चरणको खेलबाट विजेताले क्वार्टरफाइनल खेलमा प्रवेश पाउने छ। फाउण्डेसनले शनिबार खेलकै बीचमा नेपाली नृत्य र गायनको कार्यक्रम पनि तय गरेको छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.