पर्यटकको चहलपहलले बढायो स्थानीयको आयआर्जन

पर्यटकको चहलपहलले बढायो स्थानीयको आयआर्जन
सुन्नुहोस्

गुलरिया : पश्चिम तराईकै पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढेको छ। बाघलगायत जैविक विविधता हेर्नकै लागि निकुञ्जमा पर्यटकको चहलपहल बढेसँगै कोभिडपछि निराश बनेको पर्यटन क्षेत्रमा आशा पलाएको छ। निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनमार्फत राजस्वमा पनि वृद्धि भएको छ। 

आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढेको छ। २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार ३ सय २४ पर्यटकले निकुञ्ज अवलोकन गरेकोमा गत वर्ष स्वदेशी, सार्क र विदेशी गरी २६ हजार १ सय ३१ पर्यटक निकुञ्ज भित्रिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए। पर्यटकको संख्या वृद्धि भएसँगै निकुञ्जले प्रवाह गर्ने सेवालगायत पर्यटकीय पूर्वाधारहरू निर्माणलाई जोड दिएको छ। 

संरक्षण अधिकृत वाग्लेले थपे, ‘जंगल वाक, जंगल ड्राइभका लागि वनपथ निर्माण, मचान निर्माण, कोर एरिया व्यवस्थापनका कार्यहरू भएका छन्। निकुञ्जभित्रको पूर्वाधारसँगसँगै पर्यटकको बासका लागि होटल, होमस्टेलगायतका आवासहरू व्यवस्थापन गर्न जरुरी छ। बर्दियामा पर्यटकको चहलपहल उत्साहजनक भएको उनको भनाइ छ। पर्यटक बढेसँगै पर्यटकीय होटलहरूमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ। बर्दियामा आउने पर्यटकहरू बाघ हेर्न र स्थानीय थारु संस्कृतिसँगै परिकारहरू खान रुचाउँछन्। बर्दियाको अनुपम जैविक विविधता देखेपछि विदेशी पर्यटकहरू आश्चर्य मान्ने गरेको गैंडा क्याम्पका सञ्चालक रामजी थापा बताउँछन्। निकुञ्ज क्षेत्रमा पर्यटकीय होटलहरूलगायत धेरै होमस्टेहरू भएकाले पर्यटकलाई आवासीय समस्या छैन। निकुञ्ज बाहिर यातायातलगायत सडक पूर्वाधारहरू पर्याप्त नहुँदा पर्यटकहरू महँगो यात्रा गर्न बाध्य हुने गरेको राइनो लजका पर्यटन व्यवसायी गोविन्द अधिकारीको भनाइ छ। पर्यटकीय चाप राम्रो हुँदा होटलका प्याकेजहरू पनि पर्यटक मैत्री छन्। तर सडक पूर्वाधारको अवस्थाले समस्या पारेको उनले बताए। 

बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम तराईकै प्राकृतिकले भरिपूर्ण अनुपम पर्यटकीय गन्तव्य रहेको बर्दिया राष्ट्रिय निकुञ्जभित्रका प्रकृति पथ प्रर्दशक अनुराम चौधरी बताउँछन्। दुर्लभ वन्यजन्तुसँगै यहाँको थारू कला, संस्कृति, भेषभूषा एवं परिकार पर्यापर्यटनको महत्त्वपूर्ण आधार हो। अधिकांश विदेशी पर्यटकहरू जंगलमा हिँडेरै अवलोकन गर्न रुचाउँछन्। अन्य देशका पर्यटकहरू सफारी रोज्छन्। उनले भने, जंगलमा डँढेलो लागेको अवस्थाबाहेक अन्य समयमा पर्यटकहरू जंगलभित्र रमाइलो मान्छन्। विशेष गरी भाले लाग्ने बेला, गर्मी र शीत पर्ने बेलामा निकुञ्जमा बाघ हेर्न पाइन्छ।

पर्यापर्यटनबाट बढी राजस्व

पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व संकलन गरेको छ। वनपैदावार, काठदाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कुल राजस्व असुलीको आधाभन्दा बढी राजस्व पर्यापर्यटनबाट संकलन गरेको छ।

 निकुञ्जले सबैभन्दा बढी पर्यापर्यटनबाट राजस्व असुली गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.