भन्ने मानव, बन्ने दानव !

भन्ने मानव, बन्ने दानव !

गरिबी र बेसहाराले लचार थिइन् तर सत्कर्म गरेरै जीवन चलाइरहेकी थिइन्। त्यसैले पसिनाकै सुवासमा रमाइरहेकी थिइन्। सायद रुवी (नाम परिवर्तन)ले जिन्दगीको साँचो अर्थ बुझेकी थिइन्। यस्तै गरिब जीवनको मैदानमा यौन पिपासु उमेश मण्डल (४४)ले रुवीमा आँखा गाडे। जालमा पारे। अनि रुवीलाई लुटे, लुटिरहे।

अति भएपछि उनले प्रतिकार गरिन्। उल्टै करेन्ट लगाएर यातना दिए उनले। अनि इज्जत लुटिरहे। तै पनि उनको जीवनमाथि उमेशले धावा बोलिरहे। त्यसरी मानौं जसरी गिद्धले मरेको सिनोको हड्डी पनि ठुँगिरहन्छ। ‘...यो क्रम १८ भदौ २०८१ को रातभर चल्यो। बलात्कार गरेको रिपोर्ट पनि आएको छ। करेन्ट लागेर हातका औंलाहरू जल्दा रुवीले औंलाहरू गुमाउनु परेको छ’, जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलालप्रसाद जैसवाल भन्छन्, ‘पीडाको त कुरै नगरौं, कति हो। धन्न उनी बाँचिछन्।

घटना सुन्दै जीउ सिरिङ्ग हुन्छ। रुवीले त्यो पीडा कसरी सहिहोलिन् ? कसरी बाँचिहोलिन् ? पीडामाथि पीडा अनि दु:खमाथि दु:ख। यो जसलाई प¥यो, उसैलाई थाहा हुन्छ पीडा कस्तो हुन्छ भनेर ! मृत्युलाई जितेर फर्केकालाई थाहा हुन्छ सायद जीवनको महत्व। रुवीले पुनर्जीवन पाएकी छन्। पापीले लगाइदिएको करेन्टले उनका दाहिने हातका औंलाहरू जलाइदिएको छ। अहिले उनी प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा उपचाररत छन्।

भन्ने मानवता, देखाउने दानवीयता : कहिले होटलमा त कहिले चिउरा मिलमा काम गर्थिन रुवी। होटलमा भाँडा मस्काउने उनलाई साहुले कामबाट निकालिदिए। दु:खमा सुख बोकेर आए उमेश मण्डल उनको सामु। मानवताको छाता ओढाउँदै उपचार गराइदिने र काम खोजी दिने भन्दै। त्यही होटलमा चिनजान भएपछि उमेशले उसको मोबाइल नम्बर लिएका थिए।

रुवी भन्छिन्, ‘बगाउन लागेको खोलामा एउटा छेस्को पनि सहारा हुन्छन् भन्ने सुनेकाले आश लाग्यो।’ बाल्यकालमै बुवाआमा गुमाइन् उनले। भएको विवाह पनि टुटेको थियो उनको। एकपछि अर्को पीडा ! पीडैपीडाको समुन्द्रमा डुबेको छ रुवीको २२ वर्षे जिन्दगी आजसम्म। बेसहारा बनेकै कारण उनी होटलको कामदार बन्न बाध्य भइन्। अनि अहिले त्यही भेट हुँदा सहारा दिन्छु भन्नेबाटै शिकार बनिन्।

कुरो हो, भदौ १८ गते दिउँसोको। विरामी रुवीलाई उमेशले प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुरमा लगे। जहाँ उनले मानवताको नाटक गरे। साँझ परेकाले झुक्याएर घर लगे। रात बित्दै गयो। उमेशको मानवता हराउँदै गयो। पिउँदै नसामा लठ्ठिँदै उनी रुवीको इज्जतमाथि धावा बोल्न थाले। कपडा च्यातिदिए। उनले प्रतिकार गरिन्। उमेशले रुबीको शरीरमा करेन्ट लगाइदिए। दाहिने हात जल्यो। धन्न बाँचिन्। यौन पिपासु उमेशले पटक–पटक बलात्कार गरिरहे। अन्तत: यतिबेला रुवी बाँच्ने अभिलाषामा अस्पताल छन्। तथ्यांक हेर्ने हो भने थाहा हुन्छ, सयौं रुवी यसरी नै बलात्कृत छन्, अन्यायमा छन्। किनकि बितेका तीन आर्थिक वर्षमा मधेस प्रदेशमा बलात्कारका ९ सय २२ घटना भए। त्यसमा ५ सय १५ आरोपी पक्राउ परे। बाँकी अझै फरार छन्।

करेन्ट लगाएर बचाउने नाटक : घरमा भदौ १९ गते बिहानको समय। रामगोपालपुर नगरपालिका—३ डोलाठीतिरबाट हुइँकिँदै एम्बुलेन्स आयो। प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पुगेर बे्रक लगायो। त्यसमा थिइन्, घाइते रुवी छट्पटिँदै। उनै पापी उमेशले रुवीलाई बनाएका थिए, यस्तो हालतमा। अनि अस्पताल ल्याएका थिए। ‘करेन्ट लाग्यो’ भनेर नाटक रच्दै बचाउने बहानामा। जब रुवी भर्ना भइन् तब उमेश त्यहाँबाट कुलेलम ठोके सम्भवत: यहाँ बसिरहे अब पक्राउ परिन्छ भन्ने डरले।

बिहानको चार ४ बज्दै थियो। स्वास्थ्यकर्मीले फोन गरे, ‘करेन्ट लागेको बिरामी आएको छ। बिरामी ल्याउने मान्छे कहाँ गयो गयो, पत्तो छैन। प्रहरी टोली पठाइदिनु परो।’ प्रहरी अस्पताल पुग्यो। पीडित रुवीले घटनाबारे इतिवृत्तान्त सुनाइन्। लगत्तै उमेशलाई प्रहरीले पक्रियो अनि सोधपुछ ग¥यो। घटना स्वीकार गर्न इन्कार गरे उमेशले। रुवीको स्वास्थ्य परीक्षण गर्दा रिपोर्टले भन्यो, बलात्कार भएको हो। 

विवशतामा पारेर बलात्कार : होटलमा काम गर्दा कसैले मालिकलाई कुरा लगाइदियो। अनि निकालिइन् उनी। यो सबै गर्ने मान्छे पनि उमेशकै थिए। आउने–खाने क्रममा चिनजान भयो उमेशको रुवीसँग। चिनजान भएको ८—१० दिनमै फोन नम्बर साटासाट भयो। ‘बर्दिबास लगेर राम्रो काम लगाइदिन्छु’ उमेशले रुवीलाई फकाए। तर, रुवीले उमेशले आफूलाई जालमा पार्न लागेको थाहा पाइनन्। इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रमुख रामकुमार यादवका अनुसार त्यो दिन वर्षा हुँदै थियो। त्यो बहानामा उमेशले रुवीलाई आज मेरो घर बस भन्दै घर लगेको थियो।

घर पुग्दा ६—७ बजिसकेको थियो। ‘मेरो घरमा परिवार छ। छोरोछोरी छ। यतै बस। भोलि बर्दिबास लगेर काम लगाइदिन्छु’ भनेपछि रुवी मख्ख थिइन् जीवनको नयाँ अध्याय सुरु हुने अपेक्षामा। घर पुग्दा कोही नभएपछि उनी डराइन्। फर्किने प्रयास गरिन्। तर, उमेशले माछाभात खुवाउने भनेर अल्झाए। अर्को जाल फालेर अल्झाएको पनि उनलाई पत्तो भएन कि ! उमेश परिवार र छोराछोरी कसैलाई घरमा बस्न दिँदैनन्। अराजक तथा हिंस्रक मानसिकता भएकाले सँगै बस्ने अवस्था भएन सायद। यसरी उनले श्रीमती र सन्तानलाई घरबाट लखेटेका थिए जुन रुवीले थाहा पाउने कुरै भएन। प्रहरी भन्छन्, ‘यसरी रुवीलाई लछारपछार ग¥यो उमेशले। कपडा च्यातिदियो, करेन्ट लगाइदियो। दायाँ हात नै जलाइदियो। गर्नसम्म ग¥यो, अनेक ग¥यो।’

न्याय देउ सरकार : ‘बचाऊ, बचाऊ !’, घटना हुँदा उनले गाउँलेसँग गुहार मागिन्। रोइन्, चिच्याइन् अनि कराइन्। उनको बोली दबाउन उमेशले करेन्ट लगाइदिए। मुख बन्द गरे। बलात्कार गरे, गरिरहे। अति भएपछि उनी बेहोस भएर भुइँमा ढलिन्। मध्यरातपछिको बिहान सुरु भयो, त्यस्तै ३—४ बजेको हुँदो हो। करेन्ट लाग्यो भनेर घटना लुकाउन उमेशले योजना बनाए र एम्बुलेन्सलाई खबर गरेर रुवीलाई अस्पताल पु¥याए अनि भागे। अस्पतालमा रुवी जीवन–मरणको दोसाँधमा छन्। उमेश प्रहरी खोरमा। जबर्जस्तीकरणी भनी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान बढाएको छ। रुवीहरू जस्ता सयौं भुइँमान्छेले न्याय पाउनैपर्छ। अझ, भन्नैपर्दा, यस्तो अवस्था आउन नदिने कि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.