प्रतिनिधिसभा बैठकअघि  सभामुखले छलफलका लागि बोलाए दलका प्रमुख सचेतक र सचेतक

प्रतिनिधिसभा बैठकअघि  सभामुखले छलफलका लागि बोलाए दलका प्रमुख सचेतक र सचेतक
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले छलफलका लागि दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन्। बिहान ११ बजे सिंहदरबारमा राष्ट्रिय दल (नेपाली कांग्रेस,नेकपा एमाले नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी ) का प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएका हुन्।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलगायत दलहरूले हिंसा शब्द नसच्याएसम्म संसदमा अवरोध  गर्ने जनाएपछि सभामुख घिमिरेले दलहरूलाई छलफलका लागि बोलाएका हुन्। नेकपा एमाले सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्द हिंसालाई लिएर  माओवादी केन्द्रले अघिल्लो संसद बैठकमा समेत अवरोध गरेको थियो।

सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएको र संसदको रेकर्डबाट हटाउन आवश्यक नभएको  रुलिङ गरेपछि पछि माओवादी सांसदहरूले संसद अवरोध गरेका थिए।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद भट्टराईले  प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माग गरेका थिए। तर, सभामुखले उक्त शब्द असंसदीय नभएको निष्कर्ष निकाल्दै रेकर्डबाट हटाउन आवश्यक नभएको बताएपछि माओवादी केन्द्रले त्यसको विरोध गरेको हो।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.