‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको बिजनेश डेभलपमेन्ट पार्टनरमा उद्यमशील

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको बिजनेश डेभलपमेन्ट पार्टनरमा उद्यमशील

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’अभियानलाई प्रभावकारी बनाउनका बिजनेश डेभलपमेन्ट पार्टनरमा उद्यमशील प्रालि जोडिएको छ । 

आइतबार अन्नपूर्ण मिडिया नेटवर्कको मुख्यालय तिनकुनेस्थित कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो ।  सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र उद्यमशील प्रालिका कन्ट्री मेनेजिङ पार्टनर इन्द्र खड्काले हस्ताक्षर गरे । यो कम्पनीले  बिजनेश बैंकिङ कन्सलटीङसहित उद्यमशीलताको प्रवर्द्धनका लागि ५ वर्षदेखि सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ ।

‘हाम्रा लागि यो अभियान अर्थपूर्ण छ,’उद्यमशील प्रालिका कन्ट्री मेनेजिङ पार्टनर इन्द्र खड्काले भने, ‘हामीले यो अभियानमा जोडिएका स्टार्टअप कम्पनीहरूलाई चाहिने बिजनेश सपोर्ट, क्षमता अभिवृद्धि र वित्तिय पहुँचका लागि तयारी गराउने र बजार पहुँचका लागि सहकार्य गर्नेछौं ।’

यो अभियानमा नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम,एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.