अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन पेश गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गरेका हुन्।
आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।