संसद बैठक २ बजे बस्ने, माओवादी केन्द्रले छलफलका लागि माग्यो एक घण्टा

संसद बैठक २ बजे बस्ने, माओवादी केन्द्रले छलफलका लागि माग्यो एक घण्टा

काठमाडौं : प्रतिनिधिसभा बैठकमा उत्पन्न विवादबारे छलफल गर्न  सभामुखले बोलाएको बैठक निष्कर्षविहीन बनेको छ।  सभामुख देवराज घिमिरेले आइतबार बिहान छलफलका लागि राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएका थिए।

बैठकमा माओवादी केन्द्रले आन्तरिक छलफलका लागि एक घण्टाको समय मागेपछि बैठक २ बजेका लागि सारिएको छ।  माओवादी केन्द्रका प्रमु्ख सचेतक हितराज पाण्डेले बैठकमा उठेका  विषयमा दलभित्र छलफल गर्नुपर्ने र त्यसका लागि १ घण्टाको समय मागेपछि बैठक २ बजेलाई सारिएको हो।

उनले पार्टीमा छलफलपछि मात्रै आजको बैठकमा अवरोध गर्ने/नगर्नेबारे निर्णय हुने बताए।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलगायत दलहरूले हिंसा शब्द नसच्याएसम्म संसदमा अवरोध  गर्ने जनाएपछि सभामुख घिमिरेले दलहरूलाई छलफलका लागि बोलाएका थिए। नेकपा एमाले सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्द हिंसालाई लिएर  माओवादी केन्द्रले अघिल्लो संसद बैठकमा समेत अवरोध गरेको थियो।

सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएको र संसदको रेकर्डबाट हटाउन आवश्यक नभएको रुलिङ गरेपछि पछि माओवादी सांसदहरूले अघिल्लो संसद बैठक अवरोध गरेका थिए।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले माग गरेका थिए। तर, सभामुखले उक्त शब्द असंसदीय नभएको निष्कर्ष निकाल्दै रेकर्डबाट हटाउन आवश्यक नभएको रुलिङ गराएपछि माओवादी केन्द्रले त्यसको विरोध गरेको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.