माओवादीको अडानले संसद प्रभावित, बैठक भोलि १ बजेलाई सर्‍यो

माओवादीको अडानले संसद प्रभावित, बैठक भोलि १ बजेलाई सर्‍यो
फाइल तस्बिर

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलि १ बजेका लागि सरेको छ। नेकपा माओवादी केन्द्रले संसद बैठक अवरुद्ध पार्ने बताएपछि बैठक सोमबारलाई सरेको हो।

आइतबार १ बजे प्रतिनिधिसभा बैठक बस्ने भनिए पनि 'हिंसा' शब्दमा माओवादीको आपत्तिपछि बैठक ३ बजेका लागि सारिएको थियो। तर, ३:१५ सम्म सार्दा समेत बैठक बस्न नसकेको संसद सचिवालयले जानकारी दिएको छ। 

नेकपा एमालेका नेता योगेश भट्टराईले माओवादीको सशस्त्र जनयुद्धलाई संसद बैठकमा 'हिंसा' भनेपछि माओवादीले त्यसको प्रतिकार गर्दै आएको छ। उसले हिंसा शब्द संसदको रेकर्डबाट हटाउन मागसमेत गर्दै आएको छ।

यस विषयमा सभामुख देवराज घिमिरेले 'हिंसा' शब्द असंसदीय नभएको र रेकर्डबाट पनि हटाउन नमिल्ने रुलिङ गरेपछि माओवादी आक्रामक बनेको हो। उक्त विषयमा सभामुख नसच्चिएसम्म माओवादीले संसद बैठक अवरुद्ध पार्ने निर्णयसमेत गरेको छ। 

सत्तारुढ दल नेकपा एमालेले भने सभामुखको रुलिङविरुद्ध विरोध गर्ने अधिकार कुनै पनि सांसदलाई नभएको बताएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले  सभामुखले कानुनसम्मत रुलिङ गरेकाले त्यसलाई मान्नुपर्ने बताए। सदनको नियमावली अनुसार सबै दलहरू अघि बढ्नुपर्नेमा आफूहरूको सुझाव रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.