एक जना सांसदले बोलेको कुरालाई लिएर संसद अवरुद्ध गर्नु उचित भएन : कांग्रेस प्रवक्ता महत

एक जना सांसदले बोलेको कुरालाई लिएर संसद अवरुद्ध गर्नु उचित भएन : कांग्रेस प्रवक्ता महत
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कुनै एक सांसदले सदनमा बोलेका कुरालाई लिएर संसद नै अवरुद्ध गर्नु उचित नहुने बताएका छन्।

आइतबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सदनमा संसदहरूले धेरै विषयमा बोल्ने गरेको एक सांसदले बोलेको कुरालाई लिएरमात्रै संसद अवरोध गर्नु उचित नभएको बताए।

माओवादी सशस्त्र द्वन्द्वलाई स्वीकार गरेर मुलुकमा शान्ति प्रक्रिया अघि बढेको अवस्थामा अनावश्यक आशंका जन्माउन नहुने उनको भनाइ छ। महतले विपक्षमा हुँदा धेरै प्रतिक्रियात्मक हुने र सत्तापक्षमा हुँदा रक्षात्मक हुने कुरा उचित नभएको बताए।

सदनमा गम्भीररूपमा छलफल गर्नुपर्ने धेरै एजेन्डा र विधेयकहरू रहेकाले छिट्टै निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.