वामपन्थी एकताका लागि जोखिम मोलेको थिएँ, तर आफैं मुर्ख बने : दाहाल

वामपन्थी एकताका लागि जोखिम मोलेको थिएँ, तर आफैं मुर्ख बने : दाहाल
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र, राष्ट्रियता र राष्ट्रको स्वाधीनताको रक्षा गर्ने विचार, शक्ति र नेतृत्व माओवादीमात्रै रहेको बताएका छन्।

झापाको बिर्तामोडमा आइतबार आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहाले भ्रष्टहरूलाई परास्त गर्दै सुसाशन र सामाजिक न्यायलाई विजयी बनाउन र समाजवाद निर्माण गर्न पार्टिले नयाँ अभियान सुरु गरेको बताए। 

सरकारमा जानका लागि समीकरण बनाउने खेलमा नलाग्ने उनले बताए। अध्यक्ष दाहालले प्रतिक्रियावादी र अवसरवादीहरूले माओवादी र जनताविरुद्ध षड्यन्त्र गरिरहेको पनि उल्लेख गरे। वामपन्थी एकताका लागि आफूले धरै जोखिम मोले पनि अन्त्यमा आफैं मुर्ख भएको उनले बताए।

कार्यक्रममा झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए। कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपंथी बुद्धिजीवीको रूपमा सक्रिय रहेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.