पुल्चोकमा खानेपानीको पाइप लाइन फुटेर भएको क्षतिको छानबिन गर्न समिति गठन

पुल्चोकमा खानेपानीको पाइप लाइन फुटेर भएको क्षतिको छानबिन गर्न समिति गठन
सुन्नुहोस्

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइप लाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न समिति गठन गरेका छन्। 

काठमाडौं उपत्यकाको बालाजु, पुल्चोक लगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिनयतादेखि देखा परेका पाइप लाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे स्थलगत निरीक्षण गरेपछि छानबिन समिति गठन गरेका हुन्। 

मन्त्री यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइप लाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरू सहितको प्रतिवेदन पेश गर्न सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्। 

मन्त्री यादवले उपत्यकामा मेलम्ची लगायतका स्रोतहरूबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो र सुरक्षित बनाउन र नागरिकलाई निर्बाध रूपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको बताए। उनले बारम्बार पाइप लाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्वपूर्ण रहेको बताउँदै पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिए।

समितिलाई ३० दिनभित्र पाइप लाइन फुट्ने र चुहिने समस्याका कारणहरू, हालसम्मको क्षति र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। मन्त्री यादवले प्रतिवेदनका आधारमा मन्त्रालयले थप ठोस कदम चाल्ने र आगामी दिनमा पाइप लाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको बताए। 

उपत्यकामा भएका पाइप लाइन फुट्ने समस्याले सडक, घर तथा अन्य संरचनाहरूमा क्षति पुर्‍याएको र आगामी दिनमा थप क्षति हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्री यादवले पाइप लाइन विस्तारको क्रममा गरिएका त्रुटीहरूलाई सुधार गर्दै भौतिक संरचनाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नसमेत निर्देशन दिएका छन्।

उक्त छानविन समितिको सदस्य सचिवमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिविक्रम राणा, सदस्यहरुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उप–प्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का कार्यकारी निर्देशक टिकाबहादुर चौधरी र इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सह–प्राध्यापक डा. सुरज लामिछाने रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.