पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ। नयाँ मूल्यसूची आज राति १२ बजेपछि लागू हुनेछ।