फूलबारी-धनगढी नगरबस सेवाको उद्‍घाटन

फूलबारी-धनगढी नगरबस सेवाको उद्‍घाटन
सुन्नुहोस्

धनगढी : निर्वाचनमा जितेपछि एकपछि अर्को नयाँ नयाँ काम गरिरहेका धनगढीका मेयर गोपाल हमालले उपमहानगर भएर पनि यातायात सुविधाबाट टाढा रहेको जनता जोडन ग्रामीण भेगमा नगरबस सञ्चनलन गरेका छन्।

धनगढीका तीन स्थानीय तह जोडने गरी कैलारी गाउँपालिकाको हसुलीया-धनगढीको फुलबारी हुँदै क्याम्पस रोड र त्यसपछि गोदावरी नगरपालिकाको अत्तरिया जोडने गरी नगरबस सञ्चालन गरिन लागेको हो।

धनगढी उपमहानगरपालिकाले ६ वटा नगरबस खरिद गरी निजी  क्षेत्रलाई ठेक्कामा दिएको छ। नेपाल सरकारले तोकेको भाडाभन्दा महँगो लिन नपाउने गरी हरेक आधा-आधा घण्टामा निश्चित समयमा छुट्ने गरी नगरबस सञ्चालनमा आएको हो।

धनगढीको वडा नम्बर १९ को फुलबारी बसपार्कमा आज एक कार्यक्रमका बीच नगर उपपप्रमुख कन्दकला रानाले सिटि बजाएर र हरियोझण्डा दखाएर नगरबस सेवाको उद्‍घाटन गरिन्। उपहानगरलाई छिमेकी पालिकाहरूसँग जोड्न र ग्रामिण भेगका जनतालाई सहजताका लागि नगरबस सञ्चालन गरिएको उपप्रमुख रानाले बताइन्। 

नगरप्रमुख गोपाल हमाल आफैं सहभागी भएको कार्यक्रममा बससेवाको उद्‍घाटन भने उपप्रमुख रानाले गरेकी थिइन्। नगरप्रमुख हमालले धेरैजसो उद‍घाटनका कार्यक्रमहरू उपप्रमुखबाट गराउँदै आएका छन्। नगरप्रमुख हमालले उपमहानगर भए पनि फुलबारी क्षेत्र ग्रामिण भेगमा पर्ने भएकाले फुलबारीलाई प्राथमिकतामा राखिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.