यातायातको विकासमा फड्को मार्दै रेल

यातायातको विकासमा फड्को मार्दै रेल
सुन्नुहोस्

 जनकपुरधाम : नेपाल रेल्वे कम्पनीले आर्थिक वर्ष २०८०/८१ साउन महिना सम्ममा ७ करोडभन्दा बढीको कारोबार गरेको छ । यस वर्ष १५ लाखभन्दा बढी यात्रुलाई सवारी सेवा प्रदान गरी ७ करोड ७५ लाखभन्दा बढीको कारोबार गरेको हो । 

भारतीय सीमावर्ती जयनगरदेखि मधेस प्रदेशको राजधानी जनकपुर हुँदै महोत्तरीको भंगहासम्म हाल सञ्चालन हुँदै आएको रेल सेवाबाट यस आर्थिक वर्षमा ९ लाख नेपाली र ६ लाखभन्दा बढी भारतीय नागरिकले सेवा लिएका हुन् । 

रेलसेवा सञ्चालन भएदेखि सेवा लिनेहरूको संख्या बढे पनि रेल्वेलाई भने घाटा नै रहेको छ । रेल सञ्चालनका लागि आफ्नै कर्मचारी नहुनु । अर्थात् भारतीय कर्मचारीलाई महँगो पारि श्रमिक तिर्नुपर्ने बाध्यताले गर्दा रेल सेवा घाटामा गइरहेको छ भने अर्कातर्फ मालवाहक सेवा नहुनुले पनि रेलको आम्दानीलाई प्रभावित गरेको छ । 

रेलको मर्मतसम्भार,फ्युल र वासिङ सेन्टर आफ्नो नहुनुले पनि आम्दानीभन्दा खर्चको प्रतिशत बढाएको छ । सुरुवातमा कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकखण्डमा ०७८ चैत २० गतेबाट रेल सेवा सञ्चालनमा ल्याइएको थियो । गत असार ३१ गतेदेखि जयनगरदेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर रेल सेवा विस्तार गरियो । दैनिक ३ हजारभन्दा बढी यात्रुले यात्रा गर्ने नेपालको एकमात्र रेल टिकटको पैसा मात्रैले मुनाफामा जान नसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झा बताउँछन् । 

१ अर्बभन्दा बढीमा खरिद गरिएको डेमो रेल सेवा सञ्चालनमा आएको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित रेलमा हालसम्म पनि भारतीय कर्मचारीहरूकै हालीमुहाली छ । जनशक्ति व्यवस्थापनका लागि नेपालले भारतको कोनकन रेल्वेज कर्पोरेसन (केआरसीएल) सँग सम्झौता गरेको छ । सुरुका दिनमा भारतबाट मुख्य २६ जना जनशक्ति रेल सञ्चालनको लागि ल्याइएको थियो । हाल त्यसमध्येबाट २० जना कार्यरत छन् । भारतीय कर्मचारीहरूलाई रेल कम्पनीले महँगो तलब दिन बाध्य छ । 

भारतीय कर्मचारीहरूमा लोको पाइलट (चालक) लाई मासिक ३ लाख भारतीय रुपैयाँ दिने करार सम्झौता गरिएको छ । त्यसैगरी स्टेसन मास्टर, इलेक्ट्रोनिक र टेलिकम जुनियर इन्जिनियर, मेकानिकल जुनियर इन्जिनियर, सिभिल जुनियर इन्जिनियरलगायत अन्य कर्मचारीहरूलाई २ लाख ५० हजार, २ लाख र डेढ लाख भारतीय रुपैयाँसम्म दिने सर्तमा राखिएको छ । कर्मचारीको तलब भत्ता, रेलको सरसफाइ र मर्मत सम्भारका लागि नेपाल रेल्वेले भारतीय कम्पनीलाई मासिक ७० लाख भारतीय रुपैयाँ (१ करोड १२ लाख नेपाली रुपैयाँ) बुझाउँदै आएको छ । 

पहिलो चरणमा जयनगरदेखि कुर्था ३५ किलोमिटर र दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर गरी जम्मा ५२ किलोमिटरमा रेल हाल सञ्चालनमा छ । तेस्रो चरणमा भंगहादेखि बर्दिबास १७ किलोमिटरको खण्डमा रेल सेवा विस्तारका लागि पनि काम सुरु भइसकेको छ । 

भारतीय पक्षबाट प्राविधिक कामहरू भइरहेको हुँदा काम सुरु भएको तीन वर्षभित्रै यस खण्डमा पनि रेल सेवा सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरिएको छ । तिनै चरणको काम सम्पन्न भएपछि ६९ किलोमिटरमा रेल सेवा सञ्चालन हुने जनाइएको छ । सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगरदेखि भंगहा, बर्दिबाससम्म रेल सेवा सञ्चालनको सहमति भएको थियो । नेपाल  सरकारले जग्गा उपलब्ध गराउने र निर्माणसम्बन्धी सम्पूर्ण कामहरू (ट्रयाक निर्माण, स्टेसन भवन, हल्ट, पुलपुलेसा, खानेपानी, विद्युत्लगायत) का काम भारत सरकारले गर्ने सहमति भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.