प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने तयारी गरेका हुन्।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने तयारी गरेका हुन्। 

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका जाँदैछन्। महासभाको मुख्य नारा ‘कसैलाई पनि पछाडी नछाड्ने : वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिको लागि एकजुट भएर काम गर्ने’ रहेको छ। महासभालाई सम्बोधन गरेपछि उनले अमेरिकाकाअन्य स्थानमा हुने कार्यक्रमलाई समेत सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयले कार्यतालिका बनाएको छ।
 

यता गत भदौ १२ गते नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सदन बोल्ने क्रममा माओवादीले भन्ने गरेको जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएपछि संसद्को अभिलेखबाट हटाउन माग उनीहरुले माग गरेका थिए। सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङ गरेपछि माओवादी केन्द्रले सदनको कामकारबाही अघि बढ्न दिएको छैन। माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेकाले अवरोध कायमै रहे प्रधानमन्त्री ओलीको सम्बोधन के हुने अनिश्चित छ।

आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय
छानविन विशेष समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूचीसमेत रहेको छ। 

यसैबीच संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्यको सिफारिस भएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए। संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। 
चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.